लहान नगरपालिका(२४ का मौजे साहलाई उनको पत्नी रितु साहले आफ्नो एउटा मिर्गौला दान गरेका छन् । मौजे साह विगत नौ महिनादेखि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा दुबै मिर्गौला फेल भएर उपचारमा थिए । बुधबार उनको मिर्गौला प्रत्यारोपण गरिएको छ । आर्थिक अवस्था कमजोरले स्थानीयहरु केही रकम सहयोग जुटाएर उपचारका लागि दिएका छन् । अझै पैसा सहयोग गरिदिन सबैलाई आग्रह गरिएको परिवारका एक सदस्यले बताए ।




