गोलबजार, ७ पुस । ‘प्रथम गोलबजार नगर स्तरीय बिद्यालय फुटबल प्रतियोगिता २०८२’ को उपाधी सृजना सेकेन्ड्री स्कुल गोलजबार ६ ले उचालेको छ । बालबिकास आवासीय बिद्यालय गोलबजार ८ चोहर्वा र सृजना स्कुलबिच आज भएको फाईनल खेलमा ०–१ गोल अन्तगरले सृजना प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो । फाइनल खेलमा निकै प्रतिस्पर्धात्मक खेलका बिच ३० ओैं मिनेटमा जर्सी नम्वर १० खेलाडी नारायण मगरले २४ यार्ड टाडाबाट प्रहार गरी सुन्दर गोल गरेका थिए । त्यहि गोल नै जितको लागि निर्णायक साबित भयो ।
गोलबजार स्पोट्र्स क्लबको आयोजना तथा गोलबजार नगरपालिकाको मुख्य सहयोगमा मंसिर २५ गतेबाट संचालन भएको प्रतियोगिता सामुदायिक र संस्थागतगरी १४ वटा विद्यालय सहभागी थिए । फाईनल खेलका बिजेता टिमलाई प्रमुख अतिथी नगर प्रमुख श्याम कुमार श्रेष्ठबाट उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ । बिजेताले नगद पचास हजार, आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उप बिजेता टिमले नगद पचिस हजार, ट्रफी, मेडल र प्रमाणपत्र बिशिस्ट अतिथि दलित महिला केन्द्र नेपालका निर्देशक तेजेन्द्र लामा (कुमार ), प्याब्सनका केन्द्रीय सचिव बिष्णु न्युपाने र मधेस खेलकुद परिषद्का सदस्य निशेष कुमार श्रेष्ठले सयुक्त रुपमा प्रदान गरे ।
प्रतियोगिताकै सर्वउत्कृष्ट खेलाडीको पुरस्कार बालबिकासका जर्सी नम्वर १९ खेलाडी अंकित राना मगर र प्रतियोगिता कै सर्वाधिक गोलकर्ता पुरस्कार सृजना सूकलका जर्सी नम्वर १० का नारायण मगरले जिते । उनले प्रतियोगिता अबधिभर ८ गोल गरेका थिए । उनीहरुले पुरस्कार स्वरुप माउन्टेन साइकल प्राप्त गरे । सर्वउत्कृष्ट खेलाडी पुरस्कारको सौजन्य बालबिकास आवासीय बिद्यालय गरेका थिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार बाइक ग्यालरी नेपालले सौजन्य गरेका थिए । साथै उत्कृष्ट डिफेन्स बालबिकासका साइमान मगर, उत्कृष्ट गोलकिपर सृजनाका रोहन लामा, उत्कृष्ट मिडफिल सृजनाका आरयण पाख्रिनले जित्न सफल भयो। उनले प्रतियोगितामा उत्कृष्ट खेलकौशल प्रदर्शन गर्ने खेलाडीहरुको छनौट गरि बन्द प्रशिक्षण संचालन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । शुभकामना मन्तव्यकै क्रममा नगर प्रमुख श्रेष्ठले भने, ‘बिद्यलय स्तरीय फुटबल प्रतियोगिता फुटबलको नर्सरी भएको हुँदा यसबाट सम्भावना बोकेका फुटबल खेलाडीहरुको उत्पादन हुने भएकोले यस्ता प्रतियोगिताहरु निरन्तर भैइरहनुपर्छ ।’




