सिरहा, २० मंसिर । सिरहाको गोलबजारस्थित माउन्ट एभरेष्ट इन्टरनेशनल कलेजले यस शैक्षिकसत्रबाट जिल्लामै पहिलो पटक स्नातकोत्तर तर्फ एमबीए कार्यक्रम सञ्चालन गरेको छ । स्नातक तर्फ बीबीए, बीसीए, बीएससी सीएसआईटीका पढाई गराउँदै आएका यस कलेजले यस वर्षबाट स्नातकोत्तरको पठन पाठन सुरुगरेको आज कलेज परिसरमै पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
विगत लामो समयदेखि माउन्ट एभरेष्ट सेकेन्ड्री स्कूलको नाममा निजी तवरबाट शिक्षाको विकास योगदान गर्दै आएको बताउँदै कलेजका संस्थापक प्राचार्य मनोज कुमार यादवले उच्च शिक्षामा पनि आफूहरुले हात हालेको पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘मेरो लामो समय शिक्षा क्षेत्रमै वित्यो, मैले अव अन्यत्र सोच्ने कुरा पनि आउँदैन र मधेश प्रदेशमै आÇना बच्चाहरुलाई पढ्न पाठाउँ न त भन्दा त्यस्तो ठाउँ छैन। त्यसैले पनि उच्च शिक्षामा प्रवेश गरेको हो ।’
उनले आÇनो सम्पूर्ण समय र सम्पतीको लगानी यसै क्षेत्रमा रहेकाले समयको माँग, स्थानीय आवश्यकतालाई पछ्याउँदै पछिल्ला केही वर्षबाट माउन्ट एभरेष्ट इन्टरनेशनल कलेजलेको नाममा हामीले उच्च शिक्षामा हात हालेको दोहर्याए। उनले यस कलेजले समय सान्दर्भिक विषयहरु यस क्षेत्रका विद्यार्थी तथा अभिभावको आयस्तरलाई बुझेर नै न्यून लगानीमा उच्च शिक्षा प्रदान गर्ने जमर्को गरेको बताए ।
उनले भने, ‘हामीेले अहिले सवैतिर काम लाग्ने विषयहरु पढाइरहेका छांै, त्यसका लागि हामीले हाम्रो दक्ष जनशक्ति मार्फत न्यून शुल्कमा पढाउने काम गरिरहेका छौं । जुन कसैले सोच्न पनि सक्दैन। हाम्रो मुख्य उदेश्य भनेकै सवैले सहज, सुलभ ढङ्गले गुणस्तरीय उच्च शिक्षा पाउन भन्ने हो ।’ उच्च शिक्षा तर्फ राजर्षि जनक विश्वविद्यालयको सम्वन्धनमा स्नातक तर्फ बीबीए, बीसीए, बीएससी सीएसआईटी कार्यक्रम यस अघिदेखि नै सञ्चालन गर्दै आईरहेको स्मरण गराए । साथै दश जोड दुई तर्फ विज्ञान, बाणिज्य र शिक्षा विषय पठन पाठन गाराउँदै आईरहेका संस्थापक प्राचार्य यादवले बताए ।




