जलवायुमैत्री कृषि अभ्यास परियोजनाको एक दिवसीय गोष्ठी सम्पन्न


सिरहा, २५ असोज । जलवायुमैत्री कृषि अभ्यास परियोजना अन्तरगत कर्जन्हा नगरपालिका १ का विभिन्न टोलहरुमा सञ्चालित ‘गाउँ ज्ञान तथा कार्य केन्द्र’ (विकास) कार्यक्रमको एक दिवसिय समिक्षा तथा पुनरावलोकन गोष्ठी सम्पन्न भएको छ । यूएनडीपी÷ जीईएफ÷एसजीपीको आर्थिक तथा प्राविधिक सहयोग र जैविक विविधता, स्वास्थ्य, शिक्षा, रोजगारी र विकासका लागि जन आवाज (पीभीड), गोलबजारको सहजीकरणमा सञ्चालित जलवायुमैत्री कृषि अभ्यास परियोजना अन्तरगत पीभीड कार्यक्रमको समिक्षा गरिएको हो ।
केन्द्रहरुले परियोजनाले अपेक्षा गरे बमोजिम सहि दिशामा सञ्चालन भएको छ, छैन? लेखा जोजा गर्न कार्यक्रमको कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । गोष्ठीमा संस्थाका अध्यक्ष रामप्रताप सिंहको अध्यक्षता र सञ्चालन कार्यक्रम अधिकृत कविता लामाले गरेका थिए । कार्यक्रम विज्ञ देवराज गौतमले दिनभरी विधिध शीर्षकहरुमा छलफल तथा अन्तरकृया गराएका थिए ।
गेष्ठिीका सहभागीहरुले कार्यकेन्द्र सञ्चालानार्थ गरेको लगानी, भएका उपलब्धी, समस्या र सिकाईका बारेमा व्यापक छलफल तथा प्रस्तुतिकरण गराएका थिए । गेष्ठिमा वडा अध्यक्ष र परियोजना स्टेरिङ्क कमिटीहरुको पनि सहभागीता रहेको थियो। अन्तमा सहभागीहरुले कार्यकेन्द्र अझ प्रभावकारी बनाउनको लागि भावी कार्ययोजना पनि प्रस्तुत गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको