जेन–जी आन्दोलनका सहिद विजयको शव नौ दिनपछि ल्याइयो गाउँ


सिरहा, ३१ भदौ । जेन–जी आन्दोलनको क्रममा सहिद भएका सिरहाको लहान नगरपालिका–१५ ढोढना सिमलटोकी गाउँका करिब २७ वर्षीय विजय चौधरीको शव नौ दिनपछि मंगलबार अपरान्ह लहान ल्याइएको छ । बुद्ध एयरको जहाजमा सप्तरीको राजविराज पु¥याइ त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरले ल्याएको विजयको शव लहान नगरपालिका–१० स्थित यातायात व्यवस्था कार्यालयदेखि पश्चिमपट्टिको चौरमा उतारेर परिवारजनलाई बुझाएको हो । विजयको शब परिवारजन, आफन्त, लहान–१५ का वडाध्यक्ष तेजनारायाण चौधरीसहितले बुझेका छन् ।
उनको शव बुझेपछि सयौंको संख्यामा उपस्थित सर्वसाधारणले इलका प्रहरी कार्यालय लहानहुँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय, सहिद रमेश महतो चोक, घण्टाघर, नयाँ बजार, ग्रामीण चोकसम शव यात्रा गरी ढोढना लगिएको छ । उनको मंगलबार साँझ नै गाउँ नजिकैको बानो खोला किनारमा दाहसंकार गरिएको परिवारले जनाएको छ । करिब एक दशकदेखि हाउसवायरिङ्गो काम गर्दै काठमाडौंमा श्रीमती छोरीसहित बस्दै आएका चौधरीको २३ भदौ अपरान्ह बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
सिमलटचेकी गाउँमा बस्दै आएका हरिप्रसाद चौधरीका कान्छा छोरा विजय घरको मियो रहेको छिमेकीहरू बताउँछन् । भाईलाई गोली लागेको थाहा पाएलगत्तै हेटौंडामा बस्दै आएकी उनकी ठूली दिदी सुशीला काठमाडौं पुगेर सबै अस्पताल चहारेको थिइन । चार दिनपछि २७ भदौको दिउँसो मात्रै उनले महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भाइको पहिचान गरेकी थिइन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको