आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् ः वडा अध्यक्ष सिंह


सिरहा, ३० भदौ । सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि लगाइएको आरोपलाई झुठा र भ्रामक भन्दै खण्डन गरेका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको दाबी गरेका हुन् । अध्यक्ष सिंहमाथि जेनजिको आन्दोलनको दोस्रो दिन राति वडा कार्यालय पुगेको र त्यहाँको महत्वपूर्ण कागजात तथा कम्प्युटर चोरी गर्न खोजेको आरोप केही स्थानीय र राजनीतिकर्मीहरूले लगाएका थिए ।
तर अध्यक्ष सिंहले भने, म चोरी गर्ने नियतले होइन, गोप्य सूचनाका आधारमा सुरक्षाको दृष्टिकोणले कार्यालय पुगेको हुँ । सूचना पाएपछि मैले वडा सदस्य र सचिवलाई जानकारी गराएँ र दुई जना वडा सदस्यसँगै कार्यालय गएको हुँ । उनले आरोपलाई व्यक्तिगत दुश्मनी र बदनाम गराउने नियतका कारण सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रचारबाजी गरिएको बताए । त्यसबेला को कहाँ छ भन्ने प्रष्टै थिएन । मलाई सूचना आएको थियो, कार्यालयमा तोडफोड र आगजनी गर्ने योजना बनेको छ। त्यसैले म सुरक्षाको दृष्टिकोणले पुगेको उनले स्पष्ट पारे । सिंहका अनुसार त्यतिबेला केही स्थानीय र राजनीतिकर्मीले आफुजरु पनि सुरक्षाको दृस्ठिकोणले हेर्ने भनेर आग्रहपछि उनीहरूले सामग्री तथा मोटरसाइकल त्यहाँ राखेर फर्किएका थिए । तर पछि हामीलाई चोरी गर्न आएको र मोटरसाइकल छाडेर भागेको आरोप लगाइयो, जुन सरासर गलत, झुठा र भ्रामक रहेको बताए ।
यता,स्थानिय र वडा सद्स्य सहित वडा सचिवले आफुहरुलाई जान्कारी गराएर नै वडा अध्यक्षले केही स्थानिय र सदस्यको पहलमा वडाका समाग्री सुरक्षित स्थानमा सार्न गएको बताए । हाम्रो सबैको सल्लाहमा नै समाग्री सार्न आएको र केही स्थानिय र राजनितिकर्मीले लगाएको चोरीको आरोप झुठो र भ्रामक रहेको बताए । सत्य तथ्य बुझेर मात्र बिश्वास गर्न उनिहरुले आग्रह गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको