सिरहा, २४ साउन । लामो समयसम्म भाडाको घरबाट सेवा दिँदै आएका लहान नगरपालिका वडा नं. २ र ३ ले आजदेखि औपचारिक रूपमा आÇनै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेका छन् । नगरप्रमुख महेशप्रसाद चौधरीले दुवै वडाका नवनिर्मित कार्यालयको एकैसाथ उद्घाटन गरे । हालसम्म यी वडा कार्यालय लहानको मुख्य चोकस्थित ‘मटिहर्वा कम्लेक्स’ मा वडा नं. १, २ र ३ को संयुक्त सेवा केन्द्रबाट सञ्चालन हुँदै आएका थिए । नगरप्रमुख चौधरीका अनुसार आव २०८१÷८२ मा छुट्याइएको ४२–४२ लाखको बजेटमा दुवै भवन निर्माण सम्पन्न गरिएको हो ।
नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले यहाँका २४ वडामध्ये अधिकांश वडा कार्यालयको आÇनै भवनबाट सेवा सुरु हुनु लहान नगरको समग्र विकासको संकेत भएको बताए । “वडाको सेवा भाडाका घरबाट सञ्चालन गर्नुपर्ने बाध्यता क्रमशः हट्दै छ । अब आÇनै कार्यालय भवनबाट सहज र प्रभावकारी रुपमा सेवा प्रवाह हुन्छ”, उनले भने, “वडासम्म जाने सडकको यसपालि नाला बन्छ, अर्को वर्ष सडक कालोपत्रे हुन्छ । त्यसका लागि आवश्यक बजेट नगरले पहिले नै विनियोजन गरिसकेको छ ।”
उनले आगामी दिनमा अन्य पाँच वटा वडा कार्यालय आÇनै भवनबाट सेवा सुरु गर्ने तयारीमा रहेको जानकारी दिए । वडा नं.३ का अध्यक्ष रामदयाल महतोले भवन उद्घाटन कार्यक्रममा भने, “पहिला कामका लागि वडा नं. १ को कार्यालयमै जानुपथ्र्यो, जुन दुरीका हिसाबले टाढा थियो ।” वडा नं. २ का अध्यक्ष सीयाराम यादवले आÇनो वडामा अबदेखि सहज र व्यवस्थित सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै नगरपालिकाको सक्रियताप्रति आभार व्यक्त गरे ।




