स्थानीयवासीले चन्दा संकलन गरेर बनाए प्रहरी चौकीको भवन


सिरहा, २५ असार । लहान नगरपालिका–१३ पक्कीटोलमा स्थानीयवासिन्दाले चन्दा संकलन गरेर निर्माण गरेको कार्यालय भवन प्रहरीलाई हस्तान्तरण गरेका छन् । बुधबार मधेस प्रदेशका प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीलाई निर्माण समितिका अध्यक्ष अश्विन कुमार राउतले कार्यालय भवनको साँचो बुझाएका हुन् । स्थानीयहरुले चन्दा संकलन गरेर जग्गा खरिद गरी अस्थायी प्रहरी चौकीको भवन निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको अध्यक्ष राउतले बताए ।
लहान नगरपालिका मेयर महेश चौधरीले शान्ति सुरक्षा कायम गर्न स्थानीयले चन्दा संकलन गरेर भवन निर्माण गरेर नमुना कार्य गरेको बताए । लहान नगरपालिकाले पनि भवन निर्माण गर्नका लागि दुई लाख सहयोग गरेको उनले जानकारी दिए । मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी चतुर्वेदीले आफू इलाका प्रहरी कार्यालय लहानको प्रहरी नायब उपरीक्षक र जिल्ला प्रहरी प्रमुख भएर आउँदा सामाजिक अपराध र शान्ति सुरक्षा कायम गर्न पहल गरेको स्मरण गरे ।
कार्यक्रममा चन्दादाताहरूलाई सम्मान गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको