जग्गा रजिस्ट्रेसन नहुँदा अस्पताल समस्यामा


जीवछ यादव
सिरहा, २५ असार ।
लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसन प्रव्रिmया अगाडि नबढ्दा समस्या परेको छ । ५० वर्षअगाडि एक बिघा १५ कट्ठा जग्गा अस्पताललाई दान गरेको र त्यही जग्गामा मुरारका र सारडा परिवारले अस्पतालसमेत निर्माण गरिदिए पनि जग्गा अहिलेसम्म रजिस्ट्रेसन नभएकाले सघ र प्रदेशबाट भौतिक निर्माणका लागि आउने बजेट पनि कार्यान्वयन हुन नसकी फिर्ता गइरहेको अस्पतालका प्रमुख एवं मेडिकल सुपरिन्टेन्टेड रञ्जितकुमार झाले बताए ।
उनका अनुसार दाता परिवारले जग्गा रजिस्ट्रेसनका लागि लाग्ने करोडौँ रकम मिनाहा गरिदिन मधेश प्रदेश सरकारलाई आग्रह गरेकोमा मधेश प्रदेश सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरेर सघीय सरकारको अर्थ मन्त्रालयमा पठाए पनि हालसम्म मिनाहा हुन सकेको छैन । त्यहाँबाट मिनाहा भएपछि मात्रै जग्गा रजिस्ट्रेसन हुने छ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले लहानस्थित प्रादेशिक अस्पतालको भौतिक पूर्वाधारलगायत अन्य सेवा सुचारु गर्न र स्तरोन्नतिका लागि जग्गा रजिस्ट्रेसन नभएपछि समस्या भएको बताए ।
उनले भन्यो, “समस्या समाधानका लागि प्रदेश सरकारले राजस्व मिनाहा गर्न सघीय सरकारलाई सिफारिस पनि गरिसकेको छ । त्यहाँ पहल हुन नसकेर रजिस्ट्रेसन प्रव्रिmया अलपत्र परेको छ ।” जग्गा रजिस्ट्रेसन गर्न दाता परिवार तयार रहेको भन्दै दाता परिवारका मुरारीलाल मुरारकाले चार करोड रुपियाँभन्दा बढीको राजस्व मिनाहाका लागि प्रदेश सरकारलाई आग्रह गर्दा पत्राचार अघि बढे पनि सघीय सरकारलाई घचघच्याउने गरी पहल नहुँदा दुई वर्षदेखि अलपत्र रहेको बताए ।
सरकारमा रहेका दलका सघीय सांसदहरूले सकारात्मक पहल गरिदिए चाँडै रजिस्ट्रेसन पास हुने प्रतीक्षामा रहेको उहाँले सुनाए । उनले भन्यो, “एक बिघा १५ कट्ठा अर्र्बौं मूल्यको जग्गा दान गरेका छौँ । सरकारले राजस्व मिनाहा गरिदिए हुन्थ्यो भन्ने हाम्रो माग छ ।” जग्गा रजिस्ट्रेसनका लागि लहानका हरेक राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजका अगुवा एकजुट भएर अगाडि बढ्नुपर्ने प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको