गोलबजार–लगडी गदियानी सडक ः पेटीमा जिम्मा दिएर म्याद थपेको थप्यै


सिरहा, ३१ जेठ । सिरहामा राम्रोसित पानी नपरेको एक साताभन्दा बढी भयो । तर, गोलबजार–लगडी गदियानी सडक खण्ड अन्तर्गत अर्नमा गाउँपालिका–१ महनौर चोकस्थित सडकमा एक साताअघि नै बर्खाको पानी जमेर बनेको हिलो अहिले पनि छँदैछ । गोलबजारदेखि लगडी गदियानीसम्म ठाउँ–ठाउँमा यस्तै हिलै हिलोले कुरुप बनेको यो सडक बर्खाको पानी सुकेर सुख्खा भएका ठाउँमा भने धुलै धुलोले आक्रान्त छ । यो अहिलेको मात्र समस्या होइन, २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौंदेखि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ ।
यहाँका सर्वसाधारणले सुख्खायाममा भोग्ने धुलोको सास्ती भनिसाध्य छैन भने बर्खामा हिलोले गर्दा यो सडकमा एम्बुलेन्ससमेत गुड्ने अवस्था हुँदैन । सिरहा क्षेत्र नम्बर ३ मा पर्ने यो सडक हरेक चुनावमा चुनावी मुद्दा बन्ने गर्छ । तर, चुनावसँगै यो सडकको मुद्दा हराएर जाने गरेको स्थानीय सुनाउँछन् । ‘म बुझ्ने भएदेखि नै यो सडक बन्दैछ भनेर सुन्दै आएको छु, हामीले यही सडकको आशमा धेरै नेतालाई भेट पनि दियौं, तर सबैले ठग्ने काम मात्रै गरे,’ अर्नमा गाउँपालिका–३ का ४० वर्षीय सिकेन्द्र यादवले भने, ‘बर्खामा हिलोले हिँड्नै र सुख्खामा धुलो थेग्नै मुस्किल हुन्छ, हामी हैरान छौं ।’
यो सडकमा कामै नभएको भने होइन । हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरले झन्डै पाँच वर्षदेखि यो सडक निर्माण गरिरहेको छ । तर, यो लामो अवधिभरमा अहिलेसम्म सडकका केही ठाउँमा नाला बनाउन र ग्राभेल हाल्नबाहेक खासै काम भएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको