‘प्रदेश ब्रान्ड रुख’ घोषणा गर्दै मधेश सरकार


विजय कुमार साह
ढल्केबर, ३१ जेठ ।
मधेश प्रदेश सरकारले प्रदेशको ‘ब्रान्ड रुख’ घोषणा गर्ने तयारी गरेको छ । यसका लागि गठित कार्यदलले पीपल, वर र नीम रुखको सिफारिस गर्दै प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ । मन्त्रालयले करिब एक महिनाअघि प्रदेशको ब्रान्ड रुख छनोट गर्न वन अधिकृत सुरेश शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले आवश्यक अध्ययन, अनुसन्धान, सरोकारवालासँगको छलफल र सुझाव संकलन गरी प्रतिवेदन तयार पारेको हो ।
संयोजक शर्माका अनुसार प्रदेशमा पाइने पीपल, वर, नीम, साल, इमली, सतिसाल, हर्रो, बर्रो, अमला, छतिवन, सिमलसहितका रुखको प्रजाति, धार्मिक–सांस्कृतिक महत्त्व, वातावरणीय प्रभाव, भौगोलिक अवस्था, आर्थिक पक्ष र संरक्षण अवस्थाका आधारमा अध्ययन गरिएको थियो । उनले भने, “छलफलमा सहभागीको प्राथमिकतामा पीपल पहिलो, वर दोस्रो र नीम तेस्रो स्थानमा प¥यो । त्यसअनुसार प्रतिवेदन तयार गरी मन्त्रालयमा बुझाएका छौं ।” उनका अनुसार कार्यदलले सिफारिस गरेका तीमध्ये कुनै एक रुखलाई प्रदेश मन्त्रिपरिषद्को निर्णयबाट ‘प्रदेश ब्रान्ड रुख’को रूपमा घोषणा गरिने छ ।
शर्माका अनुसार यस्ता रुखलाई ब्रान्ड घोषणाले जनस्तरसम्म आत्मीयता बढ्छ । संरक्षणमा सरकारी लगानी बढ्छ र वातावरणीय चेतना विस्तार हुन्छ । संघीय संरचनामा गएको नेपालमा प्रदेश सरकारले पहिलो पटक यस्तो प्रकृतिको निर्णय लिन लागेको हो । हालसम्म नेपाल सरकारले कुनै रुखलाई औपचारिक ‘राष्ट्रिय रुख’ घोषणा गरेको छैन । छिमेकी देश भारतले ‘वर’लाई राष्ट्रिय रुख घोषणा गरेको छ भने अमेरिका, चीन, बङगलादेश, पाकिस्तान, बेलायतलगायत देशले पनि आ–आÇनो राष्ट्रिय रुख तोकेको शर्मालो बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको