हिरासतमा रहेका व्यक्ति छुटाइ दिन्छु भन्दै ठगी गर्ने पक्राउ


लहान, २० जेठ । सवारी जयान मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइ दिन्छु भन्दै एक लाख ७० हजार ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी कार्यालय सिरहाका अनुसार विष्णुपुर गाउँपालिका–१ गौरीपुर घर भएका प्रमोदकुमार महतोलाई हिरासतमा रहेका व्यक्ति छुटाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । आरोपी महतोले सवारी ज्यान मुद्दा नं. ३६६ को अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सिरहा नगरपालिका–१६ माडरका विवेक यादवलाई छुटाइ दिने आश्वासन दिँदै उनकी आमा रानीदेवी यादवसँग रकम लिएको प्रहरीले नजाएको छ । महतोले यादवकी आमासँग गत १७ असारमा एक लाख ७० हजार रुपैयाँ लिएको उजुरीको आधारमा पक्राउ गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । अनुसार महतोलाई सोमबारदेखि नै लागु हुनेगरी मंगलबार सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ । ‘प्रहरीसँग सम्बन्धित कुनै पनि काम गराइदिन्छु भन्दै कसैले रकम माग गरेमा तत्काल प्रमाणसहित जिल्ला प्रहरीमा उजुरी दिन आग्रह गर्छु,’ उनले भने, ‘प्रहरीको सम्पूर्ण सेवा निःशुल्क छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको