जीवछ यादव
लहान, २१ बैशाख । मधेश प्रदेशको मुख्यमन्त्री सतीशकुमार सिंहले अबको प्राथमिकता प्रदेशको शिक्षा सुधार हुने बताएको छ । राजर्षिजनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जेएस मुरारका कलेजको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो । देशभरीमा नै दस वटा जिल्लाहरू शिक्षामा अति नै पछाडि पेको सूचीमा मधेश प्रदेशकै सात वटा जिल्ला रहेकोले शिक्षामा सुधार नगरी यस प्रदेशको समृद्धि र विकास सम्भावना नरहेको मुख्यमन्त्री सिंहले स्पष्ट गरे । कार्यालयको कार्य सकेर राती राती १२ बजेसम्म मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने क्रममा १५० वटा अवैध अस्पतालहरू सञ्चालनमा रहेको उहाँले भन्दै अवैध रहेका अस्पताल क्लिनिकहरूलाई कानुनी प्रक्रियामा ल्याउन सक्नेलाई प्रक्रियामा ल्याउने, ल्याउन नसक्नेलाई बन्द गर्न पहिलो चरणको अभियान सकाएको मुख्यमन्त्री सिंहले बताए । उनले भने, “अबको प्राथमिकतामा शिक्षा क्षत्रमा सुधार नै रहेको छ । यसको लागि मधेश प्रदेशको आठवटै जिल्लाका विद्यालयहरूको अनुगमन कसरी गर्ने यसबारे गृहकार्यमा लागेका छौं ।“
एसइइ परीक्षामा यसपटक सुधार भएको छ । बालविकास कक्षादेखि कक्षा आठसम्मको परीक्षा लिइरहेको स्थानीय तह समेत जिम्मेबार हुनुपर्ने मुख्यमन्त्री सिंहले भन्दै तीनै तहको सरकारले शिक्षा सुधारमा आवश्यक पाइला चाल्न सहकार्य गरेर जाने अभ्यास मधेश प्रदेशबाटै किन सुरु नगर्ने उनले जोड दिए । मधेश प्रदेशको नमुना क्याम्पस बन्न उन्मुख रहेको जेएस मुरारका बहुमुखी क्याम्पसमा अहिले सञ्चालनमा ल्याएको जेएस मुरारका क्लेजको स्थापना भएर बिबिए र बिसिए विषयको पढाइ सुरु गरेर यस भेगका विद्यार्थीलाई बाहिर जान नपर्ने भएकोले यस कलेजको प्रगतिका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग भइरहने मुख्यमन्त्री सिंहले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सङघीय प्रतिनिधिभा सदस्य गंगा प्रसाद यादवले जेएस मुरारका बहुमुखी क्याम्पसमै सञ्चालनमा आएको जेएस मुरारका कलेज स्थापनाले आवश्यक पर्ने भवन र जनशक्ति पूर्तिको तीनै तहको सरकारको प्रतिनिधि र राजनीतिक दलहरूको बिचमा सहमति सहकार्य आवश्यक भएको बताए । यस क्याम्पसको स्थापनाकालदेखि हालसम्म दाता मुरारका परिवारबाट र लहान नगरपालिकाबाट भइरहेको सहयोगको उनले सराहना गरे । कलेजका अध्यक्ष तथा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले आफू लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले आफू लहान नगरपालिका प्रमुखमा निर्वाचित भएपछि सामुदायिक विद्यालय र लहानमा रहेको यस सामुदायिक क्याम्पस र कलेजको विकासका लागि उत्साहहित भएर काम गरिरहेको धारणा व्यक्त गरे । उनले भने, “यस क्याम्पस र कलेजको शैक्षिक अवस्था राम्रो रहेकोले नै युसिजी कार्यक्रम अन्तर्गत गुणस्तरीय चिन्ह प्रत्ययन प्राप्त गरेको छ । मधेश प्रदेशको नमुना क्याम्पस बनाइ छाडने हाम्रो साझा उद्देश्य छ ।“ कार्यक्रममा प्रदेशसभा सदस्यहरू क्रमशः राजेन्द्र प्रसाद चौधरी र ललिता दास, सिराहा जिल्ला समन्वय समतिका प्रमुख सदनेश महतो दाता परिवारका तर्फबाट मनार्थ अध्यक्ष मुरारीलाल मुरारकाले पनि शुभकामना दिएको थियो ।




