खानेपानीको चुनावले तात्दै गोलबजार


	सिरहा, १ पुस । पुस महिलाको चिसो मोसममा पनि गोलबजार नगरपालिका खानेपानी निर्वाचनका कारण तातिएको छ । गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको यहि पुस ५ गते शुक्रवार हुन गईरहेको निर्वाचनले अहिले माहोल तातेएको छ । समितिको निर्वाचनमा दलहरुको चासो बढेसँगै माहोल तातिन थालेका हुन् । विशेष गरी गोलबजार ४ र ६ मा बढी उपभोक्ता रहेको खानेपानी समितिको निर्वाचनमा अहिले दलहरुले चाँसो देखाएका छन् । निर्वाचनको र्याली तथा घरदैलो कार्यक्रमहरुमा उम्मेदवर, उपभोक्ता भन्दा बढी दलका नेताहरुको लर्को देखिने गरेको छ । 
	निर्वाचन लक्षित तामझाम सहितको प्रचार प्रसारका कारण गोलबजार नगरपालिकाको मूख्य क्षेत्र गोलबजार ४ र ६ दिनभरीजस्तै चहल पहल हुने गरेको छ । कुनै बेला प्रचार प्रसार, कुनै बेला घरदैलो त कुनै वेला नेताहरुको हुलले अहिले चुनाबी माहोल बनेको छ । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्बाचनमा जिवछ साह, प्रमोद लामाले अध्यक्षसहितको प्यानल नै उम्मेदवारी दिएका छन् । विनोद कुमार सिंहले पनि प्यानल नै बनाएर उम्मेदवारी दिएका छन् । पछि उनले विभिन्न प्रभावमा प्रमोद लामालाई समर्थन गरेका छन् । उनका अन्य उम्मेदवार भने अझै प्रचार प्रसारमा छन् । 
	श्रीलाल लामाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनको प्यानल छैन । उनी अहिले प्रचार प्रसारमा पनि छैन । सबै समूहले उपभोक्तालाई आÇनो पक्षमा पार्न विभिन्न आश्वासनहरु बढी रहेका छन् । साह र लामा दुवै पक्षले आ–आफूलाई बलियो देखाउने प्रयास गरिरहेका छन् । साहलाई नेकपा ९माओवादी केन्द्र०ले समर्थन जनाएको छ । साहलाई स्थानीय व्यवसायीहरुको पनि राम्रो साथ सहयोग रहेको बताइन्छ । लामालाई नेकपा एमाले, नेपाली कांग्रेस, जनता समावादी पार्टी ९जसपा०नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीको साथ सहयोग रहेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको