सुखिपुर उद्योग व्यापार समितिमा सुरज यादवको प्यानल बिजयी


सिरहा, १० कात्तिक । सिरहाको सुखिपुर उद्योग व्यापार समितिमा अध्यक्ष सुर्य नारायण यादव (सुरज) प्यानलसहित निर्वाचित भएका छन् । पाचौं कार्यकालको लागि सम्पन्न निर्वाचनबाट यादव ४ सय ६४ मतसहित विजयी निर्वाचित भएका हुन् । निकटतम् प्रतिपक्षी बिजय गुप्तालाई १ सय ७४ मत बढी प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत उध्दब हमालले जानकारी दिए ।
घोषित मत परिणाम अनुसार सुर्य नारायण यादव समूहबाट प्रथम उपाध्यक्ष राकेश कुमार पुर्वे ६ सय ७३ मत, द्वितीय उपाध्यक्ष रमेशकुमार महतो ६ सय ५६ मत, महासचिव दिनेश कुमार यादव ६ सय १० मत, सचिव संजय कुमार यादव ६ सय ३५ मत, कोषाध्यक्ष रोशन कुमार साह ६ सय ८७ मत प्राप्त गरेका छन् । त्यसैगरी खुल्ला सदस्य कपिल देव यादव, संजय चौधरी, प्रमोद कुमार साह, राकेश यादव, लोकेन्द्र प्रसाद महतो निर्वाचित भएका छन् भने, महिला सदस्य शिवकुमारी देवी साह, दलित महिला सदस्य नैन कुमारी पासमान, निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सुखिपुर उद्योग व्यापार समितिको तीन वर्षे कार्यकालका लागि छ पदाधिकारीसहित १३ सदस्यीय कार्यसमितिको निर्वाचनमा कुल १३ सय २५ मतदातामध्ये १ हजार १ सय ६७ मत खसेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको