राम बाबु यादब
सिरहा, १५ चैत्र । सातौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय फूटवल प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा कल्ब सर्लाही विजयि भएका छन् । गोलबजार २ गागानखोला खेल ग्राममा विहिवार भएको फूट बल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लवलाई १ को विरुद्ध २ गोलले पछि पार्दै बागमति युवा क्लव विजयी भएको हो । बागमती युवा कल्बका लागि खेलमा मध्यान्तर अघि नै जर्सी नम्जर ८ का खेलाडी राजु लामा जर्सी नम्वर ११ का खेलाडी कपिल मगरले १÷१ गोल गरेका थिए ।
मध्यान्तर पछि गोलबजार स्पोर्टस क्लवका तर्फबाट जर्सी नम्वर २३ का खेलाडी सनम थापाले १ गोल फर्काए । विहीबार सम्पन्न खेलको म्यान अफ दी म्याच बागमती युवा कल्बका जर्सी नम्वर ८ का खेलाडी राजु लामा घोषित भए । उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले खेलले व्यक्ति, स्थान र राष्ट्रको परिचयलाई फराकिलो बनाउन मद्दत पुग्ने बताए । पछिल्ला दिनहरुमा नेपाली खेलजतले पनि फड्को मार्दै गरेको भन्दै खेल र खेलाडीको विकासमा आÇनो तर्फबाट सकेको सवै कार्यगर्न तयार रहेको बताए ।
उनले खेल ग्रामको विकास पछिल्लो वर्षबाट गति कमजोर भएको भन्दै अवको दिनमा यहाँको पूर्वाधार विकासमा पनि आÇनो पहल कदमी रहने बताए । उनले भेन, ‘हाम्रै मेहनतले यसको खेल मैदान निर्माणको काम यहाँ सम्म आएको हो । पछिल्लो वर्षबाट खेलग्रामको विकासले गति लिन सकेको छैन । अबको दिनमा मेरो तर्फबाट थप पहल हुने छ । नगर प्रमुख श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गरेका थिए । स्वागत वडा नम्वर ६ का अध्यक्ष तथा नगर प्रवक्ता संजित लामाले गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, भोली १६ गतेको खेल मुनाल फुटवल क्लव विराटनगर र बिरगञ्ज यूनाईटेट पर्साविच हुने छ । १७ गतेको खेल चात्या सा पुस्तकालय दमक झापा र मकमानपुर १ हेडौडा र १८ गतेको खेल माँ कामाख्या स्पोर्टस क्लव भारतको यूपी बनारसविच हुने जनाएको छ । १९ र २० गते ८ वटा टिमबाट विजयी भएकाहरुविच सेमीफाईनल खेल हुनेछ । प्रतियोगिताको फाईनल खेल २२ गते र एक दिन अघि २१ गते एक दिवसिय मैत्रीपूर्ण महिला फूटवल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित खेलाडीलाई तीन हजार नगर पुरस्कार प्रदान गरिने जनाएको छ ।