जीवछ यादव
लहान, १४ चैत्र । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल क्षेत्रभित्र कुनै किसिमको लापरबाही सहय नहुने बताएको छ । मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानको निरीक्षणको क्रममा उहाँले सो कुरा बताएको हो ।
हेल्पिङ हयान्ड र हेल्पिङ हर्ट संस्थाले उपलब्ध गराएको ३४ लाख ६६ हजार ८७४ रुपियाँ पर्ने १४४ प्रकारका उपकरण मन्त्री सिंहले अस्पताललाई हस्तान्तरण गरे । उनले भने, ‘प्रादेशिक अस्पतालको समग्र समस्या समाधानको लागि प्रदेश सरकार तयार छ । यसभन्दाअघि स्वास्थ्य मन्त्रालयले थालेका राम्रो कामहरूको निरन्तरता दिनेछ । प्रादेशिक अस्पताल लहानको जमिन रजिस्ट्रेसन गर्दा दाताद्वय शारदा र मुरारका परिवार तयार हुँदा राजश्वसम्बन्धी समस्या देखिएको छ । यस समस्यालाई चाँडै समाधान गर्नेछौ ।’
अस्पतालका बिरामीसँग भेटेर हामी जनताको सेवागर्न सांसद मन्त्री चुनिएका मन्त्री सिंहले सेवा प्रवाहमा कुनै समस्या भयो भने मलाई टिपाउनु होला, समस्या समाधानका लागि सधैँ तत्पर रहने विश्वास दिलाउँछु उनले भने । अस्पताल निरीक्षणको क्रममा स्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्दै अभाव रहेको सामग्री र उपलब्ध रहेको मेशिनबारे जानकारी लिए । मन्त्री सिंहले अस्पतालका सबै तहका कर्मचारीलाई कुनै किसिमको लापरबाही भएको प्रमाणित भए कारबाही गर्नपनि पछि नपर्ने बताउनुभयो । मन्त्री सिंहले भन्नुभयो, ‘प्रदेशभरी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने छौँ । मधेश स्वास्थ्य प्रदेशको नारा कार्यान्वयन गर्न आफू इमान्दारीपूर्वक काम गर्न मन्त्री भएको छु ।’
मन्त्री सिंहलाई रक्तसञ्चार केन्द्र लहान र रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालले सम्मान रेडक्रस शाखा लहानका अध्यक्ष फूलेश्वर महतो र अस्पतालका मेसु सुनिल कुशवाहले सम्मान गरे । लहानस्थित अस्पतालको स्तरोन्नतिमा रहेको बाधा व्यवधान फुकाएर अस्पतालको विकासको लागि सक्रिय पहल गरिदिन प्रदेशसभा सदस्य राजकुमार गुप्ता र लहान नगरपालिका उपप्रमुख राम चलितर महतोले मन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो ।