नगर अस्पताल निर्माण सुरु


लहान, १ चैत्र । लहान नगरपालिकाले विपन्न समुदायले भोगिरहेको स्वास्थ्य समस्यालाई समाधान गर्नका लागि नगर अस्पताल निर्माण सुरु गरेको छ । सामान्य बिरामी हुँदा स्वास्थ्य उपचारका लागि विराटनगर, घरान, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि १८ करोड रुपियाँको लागतमा पालिकाले वडा नं १० मा नगर अस्पताल निर्माण कार्य गरेको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए । उनले ‘देशैभरिमा सबैभन्दा बढी २४ वटा वडा भएको नगरपालिकाको उत्तरी भेगका दलित, विपन्नले भोगिरहेको स्वास्थ्य समस्या समाधानका लागि नगर अस्पताल निर्माण सुरु गरिएको हो ।’

फागुन २९ गते मंगलबार अस्पताल निर्माण कार्य सुरु गरेर १८ महिनामा नै सम्पन्न हुने गरी कार्य सुरु गरेको भन्दै उनले विपन्नको सामुदायिक जेएस मुरारका बहुमुखी क्याम्पसलाई उच्च शिक्षाका लागि केन्द्र बनाएर क्याम्पस नजिकै अस्पताल स्थापना गरी शिक्षा, स्वास्थ्यमा नगरवासीको सहज पहुँच बढाउने उद्देश्यले काम गरिरहेको बताए । अस्पतालमा बाल विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, हृदयरोग विशेषज्ञ चिकित्सक राखी स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्ने उद्देश्यले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगधन्दालाई प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख चौधरीको भनाइ छ ।

लहान–१० मा अस्पताल र लहान–११. पडरियामा आधारभूत विद्यालय स्थापनाका लागि निर्माण सुरु गरी आÇनो प्रतिबद्धता पूरा गर्न लागेको नागरिक अगुवा अजयकुमार चौधरीले बताए । उनका अनुसार पडरिया गाउँ मधेश प्रदेशकै नमुना गाउँ भए पनि यहाँ विद्यालय थिएन । यस वर्ष एक जना स्थानीय दाता खोजेर विद्यालय स्थापनाका लागि प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीलगायत स्थानीयको प्रयास सफल भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको