मुकेश यादव
लहान, २९ फाल्गुन । सर्वसाधरणलाई अनुदानमा ट्राक्टर मिलाइदिने भनी करोडौ रुपैया ठगी गरि फरार भएका करार कर्मचारी अजय कुमार कर्णको बचाउमा कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठ उत्र्याएका छन् । यति मात्र होइन उनले आÇनो कार्यलयबाट कुनैपनि ट्राक्टर अनुदानमा किसनलाई दिने कार्यक्रम समेत नभएको बताउँन भ्याए । मंगलबार कार्यलयमा पत्रकार सम्मेलन गर्दै महासेठले अनुदानमा ट्राक्टर बाडने कार्यंक्रम नै कहिल्यै नभएको भन्दै यससँग सम्बन्धित समाचारको खण्डन मात्र गरेनन् पत्रकारीता समेत सिकाउन पुगे । पीडितका अनुसार उनीहरुले निज कर्णलाई कार्यलयमै गएर रकम बुझाएका थिए । सयौ पीडितहरु कृषि ज्ञान केन्द्रको कार्यालयमै गएर रकम बुझाउँदा पनि कार्यलयका प्रमुख महासेठले आफुलाई केहिपनि थाहा नभएको भनि आफुलाई ठाकछोप गरेका छन् ।
पत्रकारहरुको प्रश्नको कुनै प्रवाह नगरी प्रमुख महासेठ एकोहोरो पत्रकारहरु माथि खनिरहे । एउटा कार्यलय सहयोगीले कसैको आढ बिना कसरी यती ठुलो रकम हिनामिना गर्न सक्छ भन्ने प्रश्नमा प्रमुख महासेठले त्यस सम्बन्धमा आफुँलाई कुनैपनि जानकारी नभएको बताए । विभिन्न सञ्चार माध्यममा समचार आईसकेपछि अत्तालिएका महासेठले आÇनो बचाउमा सम्पुर्ण सक्ति लगाएका छन् । फरार रहेका कर्णको कार्यालय सहयोगीको रुपमा नियुक्ति नै संकास्पद देखिएको जानकारहरु बताउँछन् । न हेर्दा कार्यालय सहयोगी जस्तो देखिन्छन् न त उनले कहिले कार्यालमा नियुक्ति अनुसारको काम नै गरे । कर्णसँग नजिकबाट चिनेका एकजनाका अनुसार कार्यालयमा हाकिम जस्ता भएर बस्ने गरेको थिए उनी । यत्रो हिम्मत उनलाई आखिरी कहाँबाट आयो ? भन्ने जनजनको प्रश्न रहेको छ । प्रमुख महासेठले आफुलाई कसैले सकेसम्म सम्पर्क नै नगरुन भनेर फोन अफ गर्ने गरेको बताइन्छ । बारम्बार उनलाई सम्पर्क गर्न खोज्दा समेत नलाग्ने जानकार बताउँछन् ।
सर्वसाधरणले दुई छाक नभनी मेहनेतले दुःखजिलो गरि जम्मा गरेको पैशाबाट थोरै अनुदानको आस राखेर बुझाएको सयौको करोडौ रहम नाथे कार्यलयका सहयोगीले कुम्ल्याउँदा समेत हाकिमलाई सो सम्बन्धमा केहीपनि जानकारी नभएको भन्नु पानी माथिको ओभानु बन्न खोज्नु भनेजस्तै भएको पीडितहरु बताउँछन् । लामो समयसम्म ‘ट्राक्टर नपाउँदा पीडितहरुले आफुँहरुको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ‘ट्राक्टर’ नपाउँने सबैको रकम फिर्ता गरिदिने भन्दै विभिन्न मितिका नबिल र ग्लोवल आइएमई बैंकको चेक दिएका थिए । चेक अनादारमा बैंकिङ कसुर सम्बन्धि जिल्ला प्रहरी प्रसासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्ट सहित निवेदन दिए । प्रहरी कार्यालय सिरहाले पीडितबाट प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुर सम्बन्धि मुद्धा दर्ता गरि कार्वाही अगाडी बढाइने जनाईसकेको छ ।
सिरहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरीयारपट्टी, लक्ष्मीपुर पतारी लगाएतका स्थानबाट सयौं सर्वसाधरणबाट कम्तीमा दश करोड बराबर रहम हिनामिना गरेर कर्ण फरार भएका छन् । सर्वसाधरणको यती ठुलो रकम हिनामिना एउटा कार्यलय सहयोगीले मात्र गर्न नसक्ने भन्दै कृषि ज्ञान केन्दमाथि नै आम सर्वसाधरणले शंकाको घेरामा परेको छ । कार्यलय प्रमुख महासेठमाथि नै अनुसन्धान गरिनुपर्ने स्थानीयले माग समेत गरेका छन् ।