दलित जनकल्याण युवा क्लबको लहानमा सरसफाई अभियान


एलिना हिङमाङ

लहान, २६ फाल्गुन । दलित जनकल्याण युवा क्लब लहान को आयोजनामा लहान स्थित वार्ड नम्बर ६ कुमाल टोलमा सरसफाइ आभियन संचालन गरिएको छ । लहान नगरपालिका, स्थानीय समुदाय, सरसफाइकर्मीहरु जनप्रतिनिधिहरु सम्मिलित उक्त अभियान कुमाल टोलस्थित सर्बजनिक सौचालय  बाट सुरु भएर टोलको आसपािका क्षेत्रहरुमा सरसफाइ गरिएको थियोे ।

सरसफाइ  कार्यक्रमपछि अभियानमा सहभागीहरु बीच आÇनो कुरा राख्दै वार्ड नम्बर ५ का वार्ड अध्यक्ष अब्दुल करिम ले सरसफाइ हाम्रो आधारभुत अवस्यकता भएकोेले  यस प्रति सबैले  धयन दिनु जरुरी रहेको बताउनु भयो ।तसै गरि वार्ड नम्बर ४ का अध्यक्ष राम नाथ  पडितले सरसफाइमा धयान नदिने मानिस पशु समान हुने बताए । त्यसरी नै लहान सरसफाइ शाखा इन्चार्ज रहुल पासमानले आ–आÇनो घरबाट निस्केको फोहोरहरु लाई बोरा मा जम्मा गरेर राख्नु र नगर पालिकाको गाडी आएपछि सो गाडीमा हालिदिन आग्रह गरे । कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक बिनोद कुमार बिशुन्के, वाटर एड नेपाल लहानका सोसल मेनेजर शम्भु प्रसाद साह  लगायत स्थानीय अगुवा हरुको सहभागी ता रहेको थियो  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको