गाउ“मै आ“खाको निःशिल्क उपचार पाएपछि स्थानीय खुसी


राम बाबु यादब

सिरहा, ६ फाल्गुन । गाउँमै निशूल्क आँखाको उपचार पाएपछि धनगढीमाई नगरपालिकाका वासिन्दा खुसी भएका छन् । धनगढीमाई नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको साझेदारीमा पछिल्लो १० दिनदेखि सञ्चालित आँखा जाँच शिविरमा निःशुल्क उपचार पाएपपिछ उनीहरु खुसी भएका हुन् । मोतिया विन्दुका अपे्रशन (शल्यक्रिया) पछि आÇनो दुर–दृष्टिमा सुधार आएकोमा वडा नम्वर ५ जयपुरका ७३ वर्षिय बुद्धिलाल महतोले खुसी व्यक्त गरे। उनले भने, ‘‘उमेरसँगै मैले टाढादेख्न छोडिसकेको थिएँ । असजिलो गरी जीवन चलिरहेको थियो । शल्यक्रिया पछि अहिले म डाढापनि देख्न सक्ने भएको छु ।’

आर्थिक अभावका कारण आँखाको उपचार गर्न नपाएकी ८० वर्षीय जलेश्वरी देवी कामतीले उपचार पछि ज्योती फर्केकोमा खुशी व्यक्त गरे । उनले भने, ‘‘राम्रोसँग देख्न छोडिसकेको भएपनि आर्थिक अभावका कारण उपचार गराउन पाईरहेको थिईन, नगरपालिकाले घरमै निःशुल्क उपचार सेवादिएर हाम्रो आँखाको ज्याति फर्र्काएर राम्रो काम गरेको छ ।’ धनगढीमाई नगरपालिका १० का ५७ वर्षिय लोकबहादुर मगरको आँखामा ३ वर्ष अघि मोतियाविन्दुको समस्या देखिएपनि विभिन्न कारण शल्यक्रिया गराउन सकिरहेका थिएनन् ।

गाउँमै प्रतिस्टित अस्प्तालको टिम नै आएर उपचार गर्ने भएपछि आफूले सेवा लिएको मगरले बताए । उनले भने, ‘‘मेरो आँखामा तीन वर्ष अधि नै मोतिया विन्दुको समस्या भएको थियो । त्यसबेला शल्यक्रिया गर्ने अवस्था भएको थिएन । पछिपनि विभिन्न कारणले अस्पताल जान नपाईरहेको बेला नगरपालिकाले गाउँमै अप्रेशन सहितको निःशुल्क शिविर ल्याएपछि मेरो पनि अप्रेशन भयो । यो नगरपालिकाले व्यक्तिले फाईदा पाउनेगरी शिविर आयोजना गरेर राम्रो काम गरेको छ ।’

एक साताभन्दा लामो समयसम्म चलेको शिविरमा पाँच सय २४ जनाको निःशुल्क आँखा अपरेसन भएको नगरपालिकाका समाजिक विकास शाखाका संयोजक समेत रहेका वडा नम्वर ९ का वडाअक्ष प्रकाश योञ्जनले जानकारी दिए । उनले भने, ‘‘यो पटक अत्यन्तै राम्रोसँग शिविर सम्पन्न भयो । हामीले तिलगंगा आँखा प्रतिष्ठानलाई बार्षिक रुपमा शिविर संचालन गरिदिन र नगरपालिकामा सर्जिकल सेवा सहितको शाखा खोलिदिन अनुरोध गरेका छौं ।’

नगरको आÇनै अस्पताल भए पनि शल्यक्रिया गर्न र शल्यक्रियापछि बिरामीलाई आराम गर्ने पर्याप्त ठाउँ नभएकाले धनगढीमाई १० स्थित प्रमुख प्रशासकीय भवनमा उपकरण जडान गरी आँखाका बिरामीको शल्यक्रिया गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ्यशाखा प्रमुख विन्देश्वर प्रसाद यादवले जानकारी दिए ।

यादवले प्रतिष्ठानबाट डा. इन्दिरा पौण्डेलको नेतृत्वमा चार चिकित्सक र २२ जना स्वास्थ्यकर्मी गरी २६ जना र नगरपालिकाले समेत आवश्यक प्राविधिक जनशक्ति परिचालन गरेको बताए । शिविरमा नगरका स्वास्थ्यकर्मीहरूले आँखाको बिरामीको मधुमेह र रक्तचाप जाँच्नेबाहेक शल्यक्रियामा प्रतिष्ठानकै चिकित्सक र स्वास्थ्यकर्मीहरूको संलग्नता छ,’ भन्दै पौण्डेलले भने, ‘शिविरको अन्तिम दिन सम्ममा पाँच सय २४ सयजना बिरामीको शल्यक्रिया गरिएको छ ।’

प्रतिष्ठानबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले गत २५ माघदेखि भवानीपुर, अयोध्यानगर, फुलकहाकट्टी, हनुमाननगर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र सर्रे अम्बास, प्राकृतिक अस्पताल र नयनपुर अस्पतालमा बुधबारसम्म आँखाका बिरामीको आँखा जाँच गरी शल्यक्रिया गरिनुपर्ने बिरामी पहिचानका लागि स्क्रिनिङ शिविर चलाएका थिए ।0003

तिल गंगा आँखा प्रतिष्ठान, काठमाडौंका परियोजना अधिकृत महेश पराजुलिले प्रतिष्ठानको अन्धोपन निवारण गर्ने योजना अनुसार यस वर्षा २४ हजार मोतियाविन्दुको शल्यकृया गर्ने लक्ष्य रहेको बताए । सोही योजना अनुसार धनगढीमाई नगरपालिकाको अनुरोधमा प्रतिष्ठानले यहाँ शिविर सञ्चालन गरेको बताए । उनले यो प्रविधि अनुसार अस्पतालमा गएर शल्यक्रिया गराउने होभने एउटा शल्यक्रियाको अस्पताललेमात्र मात्र करिव १७ हजार रुपैयाँ लिने बताए । अतिनै विश्वसनिय आÇनै उत्पादित लेन्स र विश्वस्तरको प्रविधि प्रयोग गरेर अप्रेशन भएको पनि उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको