विमानचालक पंकज


सिरहा । लहानस्थित लिटिल स्टार माध्यमिक विद्यालय कक्षा–१० मा अध्यनरत छात्र पंकजकुमार गुप्ताले अन्ततः फाइबरको हवाई विमान उडाउन सफल भए । कक्षा ७ मा पढिरहँदा कागजको विमान गृह गाउँ भगवानपुरमा उडाउन सफल भएपछि निरन्तरको प्रयासले यस वर्ष भने उनले फाइबरको विमान आधा घण्टासम्म खुला आकाशमा उडाए । उनको यो निरन्तरको मेहनत र सिपलाई हेर्दा भविष्यमा उनले राम्रो अवसर पाए धेरै कुरा गर्न सक्छन् भन्ने प्रस्ट हुन्छ । तीन वर्ष लगातार मेहनत गरेपछि  हवाई विमान उडाउने सपना साकार भएको पंकजले भन्दै उडाएको यस विमानलाई अझै आधुनिक बनाउन प्रयत्नशील छन् । आफू सामान्य परिवारमा जन्मेको र पिताले रेडियो, टिभी मर्मत गरिरहेको देखेर आफूले विमान उडाउने सङ्कल्प सानैदेखि लिएको पंकजले सुनाए । यस विद्यालयका विज्ञान शिक्षक श्यामलाल यादवसँग  ज्ञान सिकेर विमान उडाएको पंकज कागजको विमान उडाएर सुरु गरेको प्रयासलाई निरन्तरता दिँदै  फाइबरको ठुलो विमान उडाउन सफल भएको छ । विज्ञान पढेर साँचिक्कै विमान उडाउने हौसला बुलन्द भएको  पंकजले खुसी साट्दै भन्यो, “भविष्यमा विमान बनाउने र उडाउने चाहना छ, पाइलट इन्जिनियर बन्ने धोको छ ।”

लिटिल स्टारका प्रिन्सिपल जयप्रकाश चौधरीको अनुसार भगवानपुर गाउँपालिका घर भएको पंकज कक्षा ७ मा पढ्दै विमान उडाउने चाहना विद्यालयको शिक्षकसँग राख्दा पत्यार लाग्दैन्थ्यो । दुई वर्षअघि आÇनै गृह गाउँ भगवानपुरमा कागजको विमान बनाएर केही माथिसम्म उडाएपछि शिक्षकलाई बल्ल विश्वास लागेको थियो । विद्यालयले पंकजलाई प्रोत्साहित गरिरह्यो । विद्यालयमै आएर फाइबरको विमान अकाशमा एक किलोमिटरसम्म उडाएपछि विद्यालय परिवार हर्षले गदगद भयौँ ।

प्रिन्सिपल चौधरीका अनुसार पंकजको मनोबल उच्च बनाइराख्न विद्यालयबाट पाँच हजार    –बाँकी अन्तिम पेजमा

पुरस्कार दिएको र विमान बनाउन लागेको २५ हजार खर्च पनि विद्यालयले बेहोर्ने छ । उच्च शिक्षाका लागि पनि विद्यालयको सहयोग जारी रहने छ । उनलाई प्रोत्साहनस्वरूप बरियारपट्टि माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरबल यादवले ११ हजार रुपियाँको सान्त्वना पुरस्कार दिनुभएको थियो । विज्ञानसँग सम्बन्धित नयाँ खोज अनुसन्धानमा बढी रुचि राख्ने पंकजलाई उच्च शिक्षा पढ्न अनुकूल वातावरण मिल्ने हो भने वैज्ञानिक हुने लक्षण रहेको विद्यालयका शिक्षकशिक्षिकाको साझा बुझाइ रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको