सिरहा, २९ माघ । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आईबार पालिकामा भएको तोडफोडमा संलग्नहरुलाई तत्काल कानुनी कार्वाहीमा ल्याउनुपर्ने माँग गरेको छ । पालिकामा तोडफोड घटनाभएको २४ घण्टा वितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरु ससंकित भएको भन्दै उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने सोमबार पत्रकार सम्मेलन गरी माँग गरेको हो । मेयर यादवले विना कारण गुण्डा शैलिमा प्रशासनकै अगाडी पालिकामा भएको ढुंगामुडाको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आÇनो तर्फबाट सवैखालको प्रयास भईरहेको बताए । उनले भने, ‘हामी यसप्रकारको गुण्डा शैलिको घोर भ्रत्सना गर्दछौं । घटनामा संलग्नहरुलाई कानुनी कार्वाहीमा ल्याउनमाँग पनि गर्दछौं। तर, स्थानीय प्रहरीको व्यवहारले हामीलाई ससंकित बनाएको छ ।’
संकाकै बिचपनि हामीले न्यायको आशा गरेको मेयर यादवले बताए । उनले भने, ‘हामीले प्रहरीलाई संकाको बावजुत प्रहरीको अनुसन्धान प्रभावित पार्ने पक्षमा छैनौं। उहाँहरु आफै पनि घाइते हुनु भएको छ। दोषीमाथि कार्वाही हुनेमा हामी विश्वस्त छौं ।’ मिर्चैया नगरपालिका ३ का खगेश्वर गोहिवार यादवससहित ३०÷४० जनाको समूहमा आएका उछृंख्ल समूहले अन्धाधुन्ध ढुङ्कामुडा प्रहरगरी कार्यलयमा क्षति पु¥याएको नगरपालिकाले जनाएको छ । गोहीवार वडा अध्यक्ष पवित्रि देवी यादवको श्रीमान हुन् ।
गोहिवारले यस अघिदेखि नै वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी र शिक्षकहरुलाई दुव्र्यवहार र गालीगलौज गर्ने गरेको आरोप छ । उनले वडा कार्यालयका सवै कागजातहरु कब्जामा लिएको र काम गर्ने वातावरण समेत खलबल्याएको कर्मचारीहरुले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा सम्पूर्ण विभागीय शाखा प्रमु, विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो । उनीहरुले यस्ताखालका घटना तत्काल रोक्न सम्वन्धित निकायसंग अपिल गरे ।