शितलहरले सिरहाको जनजीवन थप कष्टकर बन्दै


सिरहा,२६ पुस । लगातार एकसातदेखि चलेको शितलहरका कारण सिरहालगाएत तराइको जनवीवन प्रभावित भएको छ । चिसोका कारण जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयरु बन्द रहेका छन्। चिसोले गर्दा हाट बजार, सार्वजानिक स्थलहरुमा चहलपहल निकै कम भएको छ । जाडोबाट जनजीवन कष्टकर बन्दै गएपछि गोलबजार नगरपालिकाले सर्वधारणका लागि सार्वजनिक स्थलहरुमा बिहिवार दाउरा वितरण गरेको छ ।

गोलबजारनगर क्षेत्रमा दाउरा वितरण गरेपछि स्थानीयले राहत महसुस गरेका छन् । नगरपालिकाले बस विसौनी, मासिको चहलपलहुने स्थानहरुमा दाउरा वितरणगरी आगो बालेको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले बएको छ ।  गोलबजारको विभिन्न ठाउ, चोहर्वा, बस विसौनी र मानिसको आवतजावत बढीहुने स्थानमा दाउरा बालेको नगर प्रमुख श्याम कुमार श्रेष्ठले बताएका छन ।

नगरप्रमुख श्रेष्ठले जाडो अत्यधिक भएकोले कामविशेषले बजारसम्म आउने सर्वसाधारण तथा यात्रीहरुको लागि आगोको व्यवस्था गरिएको बताए । आवशयकताअनुसार अझै वितरण गरिने नगर प्रमुख श्रेष्ठले बताए ।

विगत एकसातादेखि लागेको कुहिरोसँगै झरेको तुसारो तथा चिसो हावाले मौसत अत्यधिक चिसो बनेको छ । चिसोका कारण बालबालिका, वृद्ध तथा पशुबढी प्रभावित भएको छ ।जाडो बढेसँगै दैवि प्रकोप उद्धारसमिति सिरहाले जिल्लाका सवै नगरपालीका तथा  गाउँपालिकाका हरुलाई आवश्यक दाउरा वितरण गर्न तथा गरिव, असहाय तथा वृद्ध विद्धाहरुलाई कम्वल वितरण गर्न पनि पत्र जागरी गरिसको दैवि प्रकोप उद्धार समितिका सदस्य सचीव तथा सहायक  प्रमुख जिल्ला अधिकारी नरेस कुमार यादवले जानकारी दिनुभयो ।

आजपनि जाडो धेरैभएकोले अव यस्तै अवस्था रहे सवै स्थानीयनियकालाई पत्राचार गरेको भएपनि अहिलेसम्म गोलबजार नगरपालिकाले मात्र दाउरा वितरण गरेको बाकी रकेको पालिका हरुलाइ दाउरा तथा न्यानो कपडा वितरण गर्न पुन्ह पत्र पठाएको बताएका छन । साथै जिल्ला प्रशासन कार्यालय सिरहाले जोडोको समयमा धेरैवेर वाहिर नवस्न, न्यानो कपडा लगाउन तथा सुरक्षित स्थानमा बस्न सुचना सार्वजनिक गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको