प्रदर्शनमा आयो शाहरूख खानको फिल्म ‘डंकी’


काठमाडौं, ५ पुस । आज बिहीबार नेपाली हलमा शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ प्रदर्शनमा आएको छ।

प्राय फिल्म शुक्रबार प्रदर्शन गरिन्छ। तर यो फिल्म बिहीबार नै प्रदर्शनमा आएको हो। शुक्रबार दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’ प्रदर्शन हुँदैछ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ। बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको