मधेशका स्थानीय तहमा संस्थागत भ्रष्टाचार, एउटै पालिकाको दुई दर्जन जनप्रतिनिधी र कर्मचारी विरुद्ध मुद्दादर्ता


सिरहा । मधेश प्रदेशका स्थानीय तहहरुमा हुने संस्थागत भ्रष्टाचारको तथ्य बाहिरिएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँ पालिकाका पूर्व जनप्रतिनिधी र कर्मचारी सहित दुई दर्जन विरुद्ध एकैपटक भ्रष्टाचार कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंंमा आरोपपत्र दायर गरेपछि तथ्य सार्वजनिक भएको हो।

आयोगले जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिकाका पूर्व अध्यक्ष रामबल्लाव साह, उपाध्यक्ष आशा देवी यादव, तत्कालिन प्रशाकिय प्रमुखहरु रविन्द्र कुमार महत, धनिकलाल यादव र सुजित यादव उपर दिनै नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ दिने लिनेगरेको कार्यमा संलग्न रहेको भन्दै सजाय र बिगो बमोजिमको जरिवानामाग सहित आरोपपत्र दायर गरेका छन्।

आयोगमा गत आर्थिक वर्षमा स्थानीय तहबाट ३३ दशमलव १ प्रतिशत भ्रष्टाचारको उजुरी परेको थियो । जसमा २४ दशमलव २५ प्रतिशत मधेशका आठ जिल्लाबाट परेको अख्तियारको तथ्याङ्कमा उल्लेख छ । यसले पनि मधेशका स्थानीय तहमा हुने भ्रष्टाचारको अवस्था कहालिलाग्दो रहेको दर्शाउछ।

विभिन्न निर्माण कार्यको भुक्तानी दिनैनमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ दिने लिनेगरेको कार्यमा संलग्न रहेको भन्दै सजाय र बिगो बमोजिमको जरिवानामाग सहित आरोपपत्र दायर गरेको हो।

लक्ष्मीपुर पतारी गाउँपालिका ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा कलभर्ट निर्माणका लागि आ.व. २०७५÷०७६ र २०७६÷०७७ मा विनियोजन भएको रकमवाट सामान्य रुपमा निर्माण कार्य गरी ठुलो रकम भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ।

निर्माण कार्य समयमै सम्पन्न नगरी बीचमै अलपत्र छाडेको र भएको कामसमेत न्यून गुणस्तरको सामाग्री प्रयोग गरेको दायरपत्रमा उल्लेख छ। आ.व.२०७६÷०७७ बाट सोही कल्भर्ट निर्माणको लागि अर्को उपभोक्ता समितिबाट निर्माण गराउँदा पनि भौतिक संरचना वेकम्मा भई हाल थप कार्य गरी उक्त संरचना पूर्णसमेत गर्न नसकिने अवस्थामा भुक्तानी गर्न नमिल्ने पाँच लाख २८ हजार ४४० रुपैयाँ भुक्तानी दिएको उल्लेख गरेको छ।

सोही स्थानमा आ.व. २०७६÷०७७ मा लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत विद्यानगर, पतारी, धन्छवार, सितापुर सडक खण्डमा दुई थान कलभर्ट निर्माण तथा माटो ग्राभेल योजनाको लागि साबिक मधेश प्रदेश सरकारबाट सशर्त अनुदान रकम विनियोजन भएको थियो। आ.व. २०७५।०७६ मा आंशिकरुपमा निर्माण भएको कल्भर्टको बाँकी भाग बनाउने योजनाको निर्माण गर्न लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उतिमलाल मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले निर्माण जिम्मा लिएको थियो।

अघिल्लो आ.व. २०७५÷०७६ मा डिजाइन नगरी ड्रइङ्गको आधारमा संचालन भएको वडा नम्वर ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी ड्रइङ्ग परिवर्तन गरी तोकिएको मितिमा योजनाहरु सम्पन्न गरेको थियो। दुवै योजनाहरु सम्पन्न भएपनि न्यून गुणस्तरको देखिँदा समेत कलभर्ट निर्माण कार्यमा राष्ट्रसेवक कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतो र संलग्नताबाट भुक्तानी नै गर्न नमिल्ने.२६ लाख ४६ हजार २७ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको छ।

दुवै योजनामा गैकानुनी ढङ्गले भुक्तानि दिएर भ्रष्टाचार कसुरमा संलग्न देखिएकाले बिगो बमोजिमको जरिवाना गरी बिगो असुलउपर गर्ने तथा जफतको मागदावी लिई आरोपपत्र दायर गरिएको छ।

आयोगले तत्कालिन लेखा पाल इन्द्र कुमार कर्ण, वडा नम्वर ४ का पूर्व वडा अध्यक्ष विद्यानन्द्य साह र सचिव रामनारायण मण्डल विरुद्ध पनि विशेष अदालतमा मुदा दायर गरेको छ। IMG20230421153835

त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष विष्णुदेव यादव, कोषाध्यक्ष जलास कुमारी दनुवार, सचिव महादेव यादव र कन्सलेन्टेसीका प्रोपराईटर इन्जिनियर इन्द्र नारायण साहविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर भएको छ।

वडा नम्वर ३ का तत्कालिन वडा अध्यक्ष हनुमान मण्डल, तत्कालिन लेखापाल नरेश कार्मत र इन्जिनियर अमन पोखरेलमाथि समेत आरोप पत्र दर्ता भएको छ। सोही योजनाका उपभोक्ता समितिका अध्यक्ष उतिमलाल मण्डल, गिता कुमारी मण्डल र सचिव प्रमेश्वार मण्डल र इन्जिनियर तारा कान्त साहविरुद्ध आरोप पत्र दर्ता भएको छ। त्यसैगरी योजना साखा प्रमुख चन्देश्वर प्रसाद यादवसहित २३ जना विरुद्ध अख्तियारले आरोप पत्र दायर गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको