काठमाण्डौ / सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै औद्योगिक प्रयोजनका लागि मरिच,केराउ र सुपारीको आयात खुल्ला गरेको छ ।
उद्ययोग, वाण्ज्यि तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८० र ८१ का लागि सूचना प्रकाशित गर्दै तीन प्रकारका वस्तुको आयात खुल्ला गरेको हो ।
वस्तु आयातको कार्यविधि २०७८ को प्रक्रिया पुरा गरि उद्योगको कच्चा पदार्थको रुपमा उद्योगको कच्चा पदार्थको रुपमा हार्मोनाइज्ड कोड ०७१३१००० को केराउ, हार्मोनी कोड ०८०२८००० को सुपारी र हार्मोनी कोड ०९०४११२० र ०९०४११३० को सेतो र कालो मरिचे आयातको अनुमति दिएको राजपत्रको सूचनामा उल्लेख गरेको छ ।
नयाँ आर्थिक वर्ष सुरुहुने बित्तिक्कै यी वस्तुको आयात फुकुवा नगरिँदा चाउचाउ, मसला र गुट्खा उद्योगहरु उत्पादन प्रभावित भएको थियो ।
ध्यानाकर्षण गराएका संगै मसला उत्पादन गर्ने कम्पनी सेञ्चुरी, चाउचाउ उत्पादक चौधरी र पौष्टिक आहार उत्पादन गर्ने डाबर नेपनलले यी वस्तुको आयात फुकुवाका लागि आग्रह गरेका थिए ।