हजार रुपैयाँमा हत्या गरेका हत्यारा छुटेपछि परिवारमा तनाव


सिरहा २३  मंसिर । सिरहाको लहान नगरपालिका १, मटियर्वामा हत्या गरिएका १८ वर्षीय रोशन रामको परिवार तनावमा परेका छन् । हत्या आरोपमा कैद सजाय भोगिरहेका मुकेश यादव र मुकुन्द कटुवालाई अदालतले करिब तीन वर्षमै तीस हजार धरौटीमा छोडेपछि परिवारमा तनाव थपिएको मृतकका बहिनी गंगा कुमारी रामले बताइन् ।
रोशनलाई घरबाट अपहरण गरेर लग्दा गंगा १५ वर्षकी थिइन । उनले साथीभाइ होलान् भनेर वास्ता गरेन । चारजना मध्ये मुकुन्द कटुवाललाई गंगाले मात्र चिनेकी थिइन । उनी रोशनसँग कहिलेकाही घरमा आउँथे । तर, उसको ठेगाना गंगालाई थाहा थिएन ।
गंगाले थपिन्, २०७७ असार २७ गते दिउँसो मोटरसाइकलमा आएका मुकुन्द कटुवा, सुरेन्द्र यादव, मुकेश यादव र लक्ष्मी कापैरले मेरो दाइलाई आँखा अगाडिनै लगे । बेलुका दाई घर नआइपुग्दा खोजीकार्य सुरु भयो ।`
२०७७ असार ३० गते मिर्चैया नगरपालिका ९, बतहा खोलाको झारमा हत्या गरेको अवस्थामा प्रहरीले रोशनको लाश फेला पारेका थिए । हत्या अभियोगमा प्रहरीले मुकुन्द कटुवा र मुकेश यादवलाई पक्राउ गरेका थिए । पक्राउपछि उनीहरु पुर्पक्षकालागि सिरहाको कारागारमा थिए । गतमहिना पक्राउ परेका मुकुन्द कटुवा र मुकेश यादव धरौटीमा छुटेका छन् । हत्या अभियोग लागेका चारजना मध्ये सुरेन्द्र यादव र लक्ष्मी कापैर फरार छन् ।
पुर्पक्षका लागि कारागारमा रहेकाबेला जेलबाटै मुकुन्द र मुकेश रोशनको परिवारलाई प्रलोभनमा मिल्न दबाब दिइरहेका थिए । तर, परिवारले छोराको हत्यासँग सौदाबाजी नगर्ने । कानुनी कार्वाही नै गर्ने अडान लिएपछि उनीहरूले जेलबाटै परिवारलाई पनि हत्या गरिदिने धम्की दिदै आएका थिए ।
उनीहरुले जेलबाटै मान्छे परिचालन गरेर पीडित परिवारलाई पटकपटक डरधम्की दिइरहेका थिए । कहिलेकाही रातमा नाकाब लगाएर केही मान्छेहरु आउँथ्यो । मिल्ने कि फेरि अर्को मर्ने भनेर डरधम्की दिएर जान्थ्यो । रोशनको बुवा सिफैत रामले बताए ।
उनले भने, यो कुरा समाचारमा पनि आएको छ । तर, अपराधीहरु कसरी छुटे ? अपराधीहरुले पटकपटक भन्थे हामीसँग पैसा छ । तिमीहरू नमिलेपछि पैसाले छुटेपछि परिवारको कुनै सदस्यलाई बाँकी राख्ने छैन् । छुटेको खबर सुनेपछि रोशनको आमा सुनैरदेवी राम रातभर अनिन्द्रामै बस्छिन् । चिन्ताले उसको मान्सिक सन्तुलनमा समस्या देखिको छोरी गंगाले बताइन् ।
तत्कालीन कोरोना समयमा हत्या गरिएका लहान सिरहाका रोशन राम, धनुषाका शम्भु सदा, रौतहटका विजय राम, निरन्जन राम, सप्तरीका त्रिभुवन राम, सुकदेव खंग, विराटनगरका राजेश ऋषिदेव, पर्साकी अंगिरा पासी, जाजरकोटका नवराज विक सहित ६ जनाको हत्याकाण्ड लगायतकाहरुको न्यायको पक्षमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानले देशैभर ठूलठूला आन्दोलनहरु गर्नुपरेको थियो ।
गरिब, दलित तथा कम्जोर वर्गलाई समाजदेखी न्यायलयसम्म नरसंहार मुद्दामा पनि अपराधीलाई उन्मुक्ति दिने विभिन्न घटनाहरु छन् । थोरैले न्याय पाउने र धेरैले मोटो रकम चलखेल गरेर कानुनको कम्जोर पाटोभएर छुट्ने थुप्रै घटनाहरु छन् ।
जागरणका केन्द्रीय संयोजक राजेश विद्रोहीले भन्छन्, गाउँदेखि सहर र सरकारसम्म तथा न्यायलयमा समेत अपराधी वर्गहरुको नेतृत्व र पहुँच रहेको कारण र दलहरूको राजनीतिक भागबन्डा र भर्ती केन्द्र भएको कारण  पैसा पावरको चलखेल हुने गरेकाले अपराधीहरु छुट्ने र पीडितहरु झन पीडित बनिरहेको बताए । उनले थपे, रोशन रामको अपराधी मात्र होइन । कोरोनाकालमा दलित हत्या गरेका अधिकांश अपराधीहरु राज्यकै संरक्षणमा उन्मुक्ति पाएका छन् । त्यसैले यसका विरुद्धमा आन्दोलनको विकल्प छैन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको