नवौं गोलबजार मेयर गोल्ड कप चैत २३ बाट हुँदै,प्रथम पुरस्कार ४ लाख ४४ हजार ४४४ रुपैयाँ


सिरहा, १७ चैत्र । नवौं गोलबजार मेयर गोल्ड कप २०८२ यहि चैत २३ गतेबाट हुने भएको छ । गोलबजार नगरपालिकाले आज पत्रकार सम्मेलन गरी चैत २३ देखि २९ गतेसम्म हुने खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा कोशि, मेधश र बागमती प्रदेशका ८ वडा क्लवहरुले भाग लिएका छन् । सिरहाको गोलबजारबाट गोलबजार युनाईटेड क्लव र गोलबजार स्पोर्टस् क्लव, सल्हेश युवा क्लव सिरहाले भाग लिएको आयोजकले जनाएको छ ।
कोशिबाट राष्ट्रिय जागृति क्लव इटहरी, लालिगुराँस स्पोर्टस् क्लव विराटनगर, ब्रदरहुड फुटबल क्लव उदयपुर बेलका र चात्या सा फुटबल क्लव दमक झापा प्रतियोगितामा सभागी भएका छन् । बागबतीबाट भने हेटौडा फूटबल एकेडेमीले प्रतियोगितामा सहभागी भएका छन् । पत्रकार सम्मेलनमा नगरप्रमुख मेयर श्याम कमार श्रेष्ठले स्थानीय खेलको विकास र पहिचानको निमित्त नगरपालिकाले पछिल्लो ९ वर्षदेखि निरन्तर मेयर गोल्ड कपको आयोजना गर्दै आएको बताए । उनले खेलको विकासमा नगरपालिका सधैं खेलाडीहरुको साथमा रहने बताउँदै भने, ‘नगरले आयोजना गरेका बाहेक अन्य खेल र खेलाडीहरुलाई सहयोग गर्दै आएका छौं । आउँदा दिनहरुमा पनि त्यो निरन्तरता रहने छ। म खेलकुदको विकासमा सवैको हात्तेमालो आवश्यक रहेको देख्छु ।’ उनले फुटबल, क्रिकेट लगायतका खेलको विकासमा पालिकाले सहयोग गर्दै आएको र यो पटक कार्यक्रम र बजेट पनि छुट्याएको जानकारी दिए ।
कुल २५ लाख बजेट विनियोजन गरिएको यस प्रतियोतिाको प्रथम पुरस्कार ४ लाख ४४ हजार ४४४ रुपैयाँ रासिको छ भने दोस्रो पुरस्कार २ लाख २२ हजार २२२ रुपैयाँको रहेको नगर प्रबक्ता तथा वटा नम्वर ६ का अध्यक्ष संजित लामाले जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट एक जना, ७ खेलका ७ जना म्यान अफ द म्याच, उत्कृष्ट गोलकिपर र उत्कृष्ट कोचलाई पनि नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा उपप्रमुख मानती देवी साह, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल र शिक्षा तथा खेलकुद विकास शाखाका अधिकृत सुवोद कुमार लामाको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पूर्ण खेल गोलबजार नगरपालिका २ गुरुधामस्थित एकीकृत खेलग्राममा हुने आयोजकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको