मणिलाल विश्वकर्मा
लहान, १९ माघ । बहुदलीय व्यवस्था पुनःस्थापनापछि भएका सातवटा निर्वाचनमध्ये चारपटक नेपाली कांग्रेस र दुईपटक नेकपा (एमाले)ले जितेको सिरहा १ मा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुवै दललाई बिरासत जोगाउने चुनौती छ । जेन–जी आन्दोलनपछि चुनावी सरकारमा युवा तथा खेलकूद मन्त्री रहेका बब्लु गुप्तासमेत यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्याशी रहेकाले प्रतिस्पर्धा थप पेचिलो बन्ने देखिएको हो ।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि २०४८, २०५१ तथा २०७० (संविधानसभा) र २०७४ को निर्वाचनमा कांग्रेसको पोल्टामा गएको यो क्षेत्रमा २०५६ र २०७९ को निर्वाचनमा एमाले तथा २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले बाजी मारेको थियो । एमालेबाट २०५६ सालको निर्वाचन जितेका रामचन्द्र यादव यो पटक नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार छन् । कांग्रेसबाट केन्द्रीय नेता पदमनारायण चौधरीले २०४८, २०५१ र २०७० तथा बौद्धिक नेता प्रदिप गिरीले २०७४ मा जितेको यो क्षेत्रमा २०७९ मा एमालेका रामशंकर यादव निर्वाचित भएका थिए ।
कांग्रेसले योपटक नयाँ अनुहारको रुपमा रामसुन्दर चौधरीलाई चुनावी मैदानमा उतारेको छ । प्रायः बिपन्न, गरिब, दलित र निम्न आर्थिक अवस्थामा विद्यार्थीहरु पढ्ने लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसको अध्यक्ष रहँदा देशभरीमै नमूना क्याम्पस बनाएका चौधरीले योपटक क्षेत्रलाई पनि नमूना बनाउने कबोल गरेका छन् ।
दोहो¥याएर उम्मेदवार बनेका एमालेका निवर्तमान सांसद रामशंकर २०७९ मा एमाले–जसपा गठबन्धनबाट कांग्रेसका पदमनारायणलाई दुई हजार ८३ मतान्तरले पछि पार्दै २९ हजार चार सय ६२ मतसहित निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका रामचन्द्र २०५६ सालको निर्वाचनमा कांग्रेसका पदमनारायणलाई हराउँदै १४ हजार आठ सय १० मतसहित निर्वाचित भएका थिए । यादव जेन–जी आन्दोलनले उठाएका मुद्दाहरु आÇनो पार्टीले आत्मसात् गरेकाले यस क्षेत्रका जनताले यो पटक आफूलाई निर्वाचित गर्ने दाबी गर्छन् ।
संघीयता र आरक्षणका लागि यस क्षेत्रका युवाले बगाएको रगतको मूल्य चुकाउन र सहिदहरुको सपना पूरा गर्न आफू जनताको आग्रहमा उम्मेदवार रहेको दावी गर्दै जसपा नेपालका उम्मेदवार सत्यनारायण यादव पनि आफू निर्वाचित हुने बताउँछन् । लामो समय कांग्रेसको स्थानीय राजनीति गर्दै जिल्ला उपसभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि रहिसकेका विष्णु गुप्ता (बिसुन बनिया) आÇनो प्रभावमा रहेका मत बटुल्दै रास्वपाबाट उम्मेदवार रहेका छोरा बब्लु गुप्तालाई युवा पुस्ताको मत तानेर जित निकाल्ने दाउमा छन् । ‘जेन–जी आन्दोलनको भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने मुख्य मागको जगमा उभिएर उम्मेदवारी दिएको छु, यो पटक जनताले मेरो उम्मेदवारी अनुमोदन गर्नेछन्’ बब्लुको दाबी छ ।
जनमत पार्टीका उम्मेदवार वकालत पृष्ठभूमिका रामस्वरुप चौधरी पछिल्लो निर्वाचनमा जनमतले पाएको मत र केही थारु मत काटेर आफू निस्किने दाउमा रहेको भए पनि त्यतिबेला जनमतको नगर सभापति रहेका सुभाष चौधरी यो पटक रास्वपामा गइसकेकाले पहिले जति पनि मत नआउने अनुमान गर्नेहरु नभएका भने होइनन् । रास्वपाका उम्मेदवार बब्लु गुप्ताकै पुख्र्यौली घर रहेको लहान २३ गढिया गाउँका चिकित्सक पृष्ठभूमिका जीवछ ठाकुर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवार छन् ।
धनगढीमाई नगरपालिका १, २, लक्ष्मीपुरपतारी गाउँपालिका २ र ६, लहान नगरपालिका १ देखि २४, सखुवानन्कारकट्टी तथा भगवानपुर गाउँपालिकाको १ देखि ५ नं. सम्म गरी कुल ४१ वडा रहेको सिरहा १ मा ५८ हजार आठ सय ५५ पुरुष र ५३ हजार ९४ महिला गरी एक लाख ११ हजार नौ सय ४९ मतदाता छन् । नयाँ र पुराना दलका गरी १४ दलीय र १८ स्वतन्त्र गरी ३२ जना उम्मेदवार रहेको यो क्षेत्रमा उज्यालो नेपाल पार्टीकी ताराकुमारी चौधरी र स्वतन्त्र उम्मेदवारको रुपमा लहान १ की सुलोचना कुश्मी गरी दुई महिला उम्मेदवार छन् । पछिल्लो निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस १६ हजार चार सय ८८, एमाले १३ हजार तीन सय ३७, जसपा नेपाल १० हजार चार सय ८१, माओवादी केन्द्र एक जार सात सय १३, एकीकृत समाजवादी सात हजार आठ सय ६० र जनमत पार्टीले आठ हजार एक सय ३८ मत पाएका थिए ।




