म फेसबुक कमै मात्र चलाउँछु । मंगलबार साँझ यसो मोबाइल अन गरेँ । एकै किसिमका दुई तीनओटा पोष्ट हरेँ । तत्काल मैले सामान्य रुपमा लिएँ । साँझ मोबाइल हेर्दा त एकै किसिमको स्टाटस छयापछ्याप्ती हेरेँ । म फलानो स्पष्ट गर्दछु कि म आÇनो निजी फोटो, भिडियो, अडियो आदि कुनै प्रकारको नीजि विषय फेसबुक वा मेटालाई प्रयोग गर्ने अनुमति दिएको छैन, दिन्न ।’ यस्तै प्रकारका सामग्री सम्प्रेषित भएको पाएँ ।
करिब दुई साता अघि मैलै मिडिया एक्सन नेपालले आयोजना गरेको कार्यशालामा भ्रामक सूचनाको विषयमा जान्ने अवसर पाएको थिएँ । मेरो मनमा कौतुहलता बढ्दै गयो । फेसबुक वालहरु हेर्दै गएँ । केही वालमा अघिको सन्देशसँगै यस्तो पनि लेखिएको पाइयो ः
भोलि एक महत्वपूर्ण दिन हो, जसमा आधिकारिक मुहर राति ९ः२० बजे लगाइएको छ । र यो समाचार टेलिभिजनमा प्रसारित गरिएको छ कि भोलिदेखि फेसबुकका नयाँ नियमहरू लागू हुनेछन्, जसले तपाईंको तस्बिरहरूको प्रयोगको अनुमति दिनेछन् । समयसीमा आज समाप्त हुँदैछ । कृपया यो सन्देशलाई प्रतिलिपि गरेर आÇनो प्रोफाइलमा नयाँ पोष्टको रूपमा टाँस्नुहोस् । जसले यस्तो गर्दैनन्, तिनीहरूलाई अनुमति दिने मानिनेछ । गोपनीयताको उल्लंघनमा कानुनी परिणामहरू हुन सक्छन् । म आÇनो निजी जानकारी र तस्बिरहरूको प्रयोगका लागि फेसबुक वा मेटालाई कुनै अनुमति दिँदिनँ ।
सूचना प्रविधिको वर्तमान युगमा सामाजिक सञ्जाल, विशेषगरी फेसबुक, समाचार र सूचनाको मुख्य स्रोत बनेको छ । तर, यसको साथसाथै एउटा खतरनाक प्रवृत्ति पनि देखिएको छ । कसैले पठाएको वा देखेको कुरा बिना तथ्य–जाँच सीधै कपी–पेस्ट गर्ने बानीलाई कदापि राम्रो मानिदैन । कसैले कागले कान लग्यो भन्दैमा आÇनो कान नछामी कागको पछाडि दौडिनु जस्तै सामाजिक सञ्जालमा अफवाहपूर्ण भ्रामक सूचना फैलियो । अधिकांश फेसबुक प्रयोगकर्ताले एकअर्काको सन्देश जस्ताको त्यस्तै कपी गरेर पोस्ट गरे । धेरैले गम्भीरतापूर्वक लिँदै सत्य ठानेर आÇनो प्रोफाइलमा टाँसे, कतिपयले त ‘महत्वपूर्ण सूचना’ भन्दै अरूलाई पनि गर्न आग्रह गरे । त्यस्तै भयो । हुँदाहुँदै फेसबुकमा त भ्रामक सूचनाको बाढी नै आयो ।
अचम्मको कुरा के थियो भने यस्ता पोस्ट गर्नेमा साधारण प्रयोगकर्ता मात्र होइन, जानकार र पढेलेखेका व्यक्तिहरू पनि थिए । जसमा सरकारका पूर्वमन्त्री, जनप्रतिनिधि, पूर्व मुख्य न्यायाधिवक्ता, साहित्यकार, पत्रकार, कलाकार, आइटी इन्जिनियरसम्म अछुतो रहेन । चिन्ताको विषय के भने कसैले पनि यसबारे Çयाक्ट–चेक गर्न आवश्यक ठानेनन्, बरु अरूको पोस्ट देखेर आÇनै टाइमलाइनमा राख्दै गयो । विचार गर्नुपर्ने कुरा के छ भने फेसबुकको नीतिमा हाम्रो फोटो, भिडियो, अडियो वा पोस्ट कसरी प्रयोग गर्ने भन्ने नियम फेसबुकको टर्मस् अफ सर्भिसमा उल्लेख गरिएको हुन्छ । जुन शर्त हामीले खाता खोल्दा स्वीकार गरेका हुन्छौं ।
फेसबुकले हामीले गरेको पोस्ट हेरेर आÇना शर्त तथा नियमहरु परिवर्तन गर्दैन । सहमति स्वचालित रूपमा ती नियमहरूमा आधारित हुन्छ । फेसबुकको प्राइभेसी सेटिङ्कमा गएर हामीले धेरै कुरा नियन्त्रण सकिन्छ । हामीले बुझ्नु जरुरी छ कि फेसबुक सार्वजनिक मञ्च हो, यसमा साझा गरिएका सामग्रीहरु गोप्य रहदैन । त्यसैले कुन तस्विर, भिडियो वा अन्य सामग्रीहरु साझा गर्ने वा नगर्ने पहिला नै विचार पुर्याउनु आवश्यक छ । घृणा, द्वन्द्व, हिंसा, विभत्स, अश्लिल तथा दोहोरो अर्थ दिने सामग्रीहरु सामाजिक सञ्जालमा साझा गर्नु हुँदैन । किनभने फेसबुकले पनि त्यस्ता सामग्रीलाई नियमन गरिरहेको हुन्छ । यदि त्यस्ता सामग्री सम्भवतः फेसबुकले डिलिट वा हाइड गरिदिन सक्छ । त्यसैले उसको गाइडलाइनको पालन गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालमा साझा गरिने सामग्रीको प्रभावबारे विचार नपुर्याई पोष्ट, शेयर, लाइक, कमेन्ट, ट्याग गरिरहेका हुन्छौं । यस्ता कार्यमा संवेदनशीलता न अपनाइए आफै समस्यामा पर्न सक्छौं ।
आखिर, सामाजिक सञ्जालमा सम्प्रेषण भएको सामग्रीको वास्तविकता के हो त ? जिज्ञासा खोतल्दै गएँ । बेलुकीतिर केही सम्वेदनशील व्यक्तिले उक्त भ्रामक सूचनाका विषयमा पोष्ट भ्रामक भएको भनी लेखेपछि हतार–हतार कपी–पेस्ट गर्नेहरुले पोस्ट नै हटाउन थाले । अबेर रातीसम्म मैले फेसबुकका पोस्टहरु नियालिरहेँ । कतिपय भ्रामक सूचना सम्प्रेषण गरेकाहरुले ती सूचना भ्रामक भएको भनी पोस्ट गरे । कतिपयले बौद्धिक व्यक्तिले लहैलहैमा आफुले पनि पोष्ट गरेको भन्दै आत्मआलोचित पनि भए । मानवीय त्रुटी सच्याउनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । एउटा यस्तो पोस्ट हेरेँः
‘विवेकले लत्तो छाडेपछि….
मेटा र फेसबुक लाई व्यक्तिगत जानकारी प्रयोग गर्न अनुमति नदिने घोषणा हावा नै रहेछ । साथीको लहलहैमा आफुपनि हावा भइएछ । खै ¤ मेरा पछि लागेर अरुपनि हावा भएछन् । हैट ¤’भ्रामक सन्देशको विषयमा जान्ने अझ कौतुहलता जाग्यो । खोजी गर्न थालेँ । यस्तो भ्रामक सन्देश २०१२–२०१६ तिर अमेरिकामा अंग्रेजीमा फैलिएको थियो । यस्तो थियो सन्देश क्ष् मय लयत नष्खभ ँबअभदययप उभचmष्ककष्यल तय गकभ mथ उजयतयक, ष्लायचmबतष्यल, यच उयकतक। उक्त सूचनालाई युरोपेली भाषाहरूमा अनुवाद गरियो । नेपालमा यसको नेपाली अनुवाद सम्भवतः २०१८–२०१९ तिर फेसबुक ग्रुपहरू र व्यक्तिगत टाइमलाइनहरूमा देखापरेको एआइबाट बुझियो । यस्तै पत्रिका डट्कम्का अनुसार २०२०–२०२१ तिर भ्रामक सन्देश भाइरल भएको थियो । फेसबुकमा डाटा चोरी हुने भनी भ्रामक सूचना फैलिएको थियो । यस्ता भ्रम चेन म्यासेज शैलीको हुन्छ । एकले अर्कालाई ट्याग वा शेयर गरेर यस्ता भ्रामक सूचनाहरु फैलाउने गरिन्छ । विश्वासिलो देखिने तर स्रोतविहीन कुरास् कानुनी धारा, गोपनीयता अधिकारको भाषा प्रयोग गरिएको हुन्छ ।
तथ्य जाँच नगरिएका सूचना एक जना पोस्ट गर्छ । अन्यले कपी–पेस्ट गर्छन्, र केही घण्टामै हजारौँको स्क्रिनमा पुगेर भाइरल हुन्छ । यस्ता पोस्टहरू सामाजिक सञ्जालमा भाइरल हुँदा पत्रकार र मिडियाको नजरमा पर्छन् । कतिपय अवस्थामा, कुनै ठोस आधारबिना बनेको पोस्ट पनि समाचार बन्नपुग्छ नै । त्यस्ता समाचार बढी फैलिन्छ । यो एक प्रकारको डिसइन्फोर्मेसन हो । जसको उद्देश्य जानाजानी गलत सूचना फैलाउनु नभए पनि, परिणाम उस्तै हानिकारक हुन जान्छ । त्यसैले पोस्ट गर्नुअघि सामग्री सत्य–तथ्यबारे जाँच गर्नु जरुरी छ । के स्रोत विश्वसनीय छ ? के यो आधिकारिक घोषणा हो ?
यसकालागि इन्टरनेट खोजले अफवाहको सत्य पत्ता लगाउन सकिन्छ । आधिकारिक स्रोतलाई मात्र विश्वास गर्नुपर्दछ । सरकारी निकाय, प्रतिष्ठित मिडिया, वा सम्बन्धित संस्थाको वेबसाइट इत्यादिबाट सही सत्य कुराको निक्र्याैल गर्न सकिन्छ । कोही कसैले कुनै पोस्ट गरेको छ भने तथ्य जाँच बिना शेयर गर्नु, प्रतिक्रिया जनाउनु, धारणा बनाउनु लाइक गर्नु, अरुलाई ट्याग गर्नु जस्ता कार्यहरु गर्नुहुँदैन । कहिलेकाही हामीले चिनेका वा विश्वासिलो व्यक्तिले समेत झुक्किएर वा जानकारीको अभावमा भ्रामक सूचना वा सन्देश लेखेको वा पोस्ट गरेको हुनसक्छ । त्यसैले भावनामा नभई तथ्य जाँच अनिवार्य रुपमा गर्ने बानी बसाल्नुपर्छ । (लेखक यादव, मिडिया एक्सन नेपालका फेलो हुन् ।)




