स्रोत नखुलेको १६ लाखभन्दा बढी रकमसहित पक्राउदश महिनामा सात भारतीय सहित एक सय २० पक्राउ


राम बाबु यादब
सिरहा,४ जेठ ।
प्रहरीले सिराहा नगरपालिका–१७ का करिब ४५ वर्षीय सञ्जय कारकलाई शनिबार स्रोत नखुलेको १६ लाख रुपैयाँभन्दा बढी रकमसहित पक्राउ गरेको छ । उनलाई सिराहा नगरपालिका–२ महावीर चोकदेखि पश्चिम कमला नदीतर्फ जाने बाटोबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार शंका चेकजाँच गर्दा कारकलाई कम्मरमा बाँधेको हरियो कपडा, दुवै तिघ्रा र घुँडाभन्दा मुनि लगाएको ब्यान्डेजमुनि स्रोत नखुलेको १६ लाख ३८ हजार तीन सय ७० रुपैयाँ, भारतीय मुद्रा दुई सय ३० रुपैयाँ र एक थान मोबाइलसहित पक्राउ गरिएको हो ।
१० महिनामा सात भारतीयसहित एक सय २० पक्राउ चालू आर्थिक वर्षको साउनदेखि वैसाखसम्म १० महिनाको अवधिमा एक महिला, ६ पुरुष गरी सातजना भारतीय नागरिक, १०९ नेपाली पुरुष र चार महिला गरी १२० जना पक्राउ गरिएको सिराहा प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीको तथ्यांकअनुसार उक्त अवधिमा ७५ वटा लागुऔषध कारोबार र ओसारपोसारसम्बन्धी मुद्दा चलाइएको छ । उक्त अवधिमा सात सय ३८ किलो गाँजा, एक किलो एक १५० ग्राम २०९ मिलिग्राम खैरो हिरोइन, सात सय ४९ एम्पुल डाइजेपाम, चार सय ७६ एम्पुल फेनार्गन, पाँच सय ४२ एम्पुल ब्युप्रोनोर्फिन, दुई सय ८० एम्पुल प्रोमेथाजिन, अन्य दुई सय १८ एम्पुल, नौ सय ७६ ट्याब्लेट नाइट्राजेपाम, एक सय ९६ क्याप्सुल स्पास प्रो. र नौ सय १८ बोतल कोडिन बरामद भएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको