विद्यार्थी भर्ना अभियान ः विद्यालयको प्रतिबद्धता र अभिभावकमा सचेतना आवश्यक


जीवछ यादव
लहान, २७ वैशाख ।
यतिबेला सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान चलिरहेको छ । यद्यपी यो अभियान औपचारिकतामा मात्रै सिमित भइरहेको छ । विद्यालयले विश्वसनीय प्रतिबद्धता र अभिभावकमा चेतना नभए अभियान प्रभावकारी नहुने आवाज उठ्न थालेको छ । केहि वर्ष यता प्रभावकारी हुन नसकिरहेको विद्यार्थी भर्ना अभियानको तथ्याङ्गलाई हेर्ने हो भने प्रष्ट हुन्छ । नाम चलेको शैक्षिक इतिहास कायम गरेका विद्यालयहरूमा कक्षा १ मा भर्ना अभियान कमजोर देखिएको छ । सामुदायिक विद्यालयमा अति विपन्न र दलित समूदायका बालबालिकाहरू मात्र भर्ना भइरहेका छन् भने हुनेखाने वर्गका बालबालिकाहरू सामुदायिक विद्यालयमा भर्ना भएका छैन ।
यसैगरी, निःशुल्क पढाउने सरकारी विद्यालयमा भने विद्यार्धी भर्ना सुनसान छ भने महँगो शुल्क त्यति विद्यार्थी भर्ना संस्थागत विद्यालयहरूमा बढ्नुले हाम्रो समाज कतातर्फ गइरहेको छ ? सोचनीय विषय भएको वरिष्ठ लेखक रारिझन यादव बताए । सामुदायिक विद्यालयको भर्ना अभियानलाई प्रभावकारी बनाउनका लागि विद्यालयको तर्फबाट विश्वसनीय प्रतिबद्धता र अभिभावकहरूमा सचेतना आवश्यक रहेको दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुन्केको भनाइ छ । उनले भने, ‘‘अति विपन्न र दलित समूदायका बालबालिका मात्रै सामुदायिक विद्यालयमा भर्ना भइरहेको छ । विद्यालयमा पढाउने शिक्षक जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरू कसैको बालबालिका सामुदायिक विद्यालययमा भर्ना भइरहेको छैन ।’’
शिक्षमा सरकारको लगानी बालुवामा पानी खन्याएको जस्तो नहोस् । यसको औपचारिक रूपमा भर्ना अभियान मात्रै गरेर पुग्दैन, विद्यालयले अभिभावकहरूलाई विश्वास दिलाउन आवश्यक छ भने अभिभावकहरूमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिँइदैन फैलिएको भ्रम हटाउन आवश्यक रहेको मानव अधिकारवादी राजकुमार राउतको धारणा छ । यस पटकको एक महिना शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूमा भर्नादर झन कम हुने संकेत देखिएको छ । शिक्षकहरू काठमाडौँमा आन्दोलन गरिरहँदा यता संस्थागत विद्यालयहरूले भर्ना अभियान सकेर पढाइ पनि सुरु गरिसकेको थियो । अवकास प्राप्त माध्यमिक विद्यालयका शिक्षक रामविहारी साहले सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण नबदलिए कक्षा पाँचसम्म भर्ना नै नहुने अवस्था मधेश प्रदेशमा देखिएको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको