सिरहामा दुई दिनमा दुई महिलाको हत्या


सिरहा, २७ फाल्गुन । सिरहामा आÇनै श्रीमानले एक महिलाको घाँस काट्ने हसियाले घाँटी रेटी हत्या गरेको छ । सिरहा नगरपालिका ६ बसपिट्टाका ६५ वर्षीय रामउदगार साहले आÇनै श्रीमती ६० वर्षिय निर्मला साहको घाटीरेटी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले श्रीमतीको हत्या अभियोगमा श्रीमान साहलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार श्रीमानले हत्याको जिममा लिएपनि कारण भने अझै खुलाएको छैन । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

त्यसैगरी, हिजो शनिबार सिरहाको गोलबजारमा होटल चलाए बसेका एक महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका ६ का करिव ३५ वर्षीय अनिता कुमारी साहको धारीलो हतियार प्रयोगरी हत्या भएको छ । प्रहरीले अनिताको हत्या अभियोगमा उनकै श्रीमान ३५ वर्षीय महेन्द्र कुमार साहसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । अन्य महिलासँग लहसिएको विषयमा श्रीमतीसँग पटक पटक विवाद हुँदै आएको स्थानीयले हत्या महेन्द्रले नै हत्या गरेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको