अबैध सर्जिकल सामानसहित , तीन जना प्रहरीको नियन्त्रणमा


सिरहा, १६ फाल्गुन । सिरहामा करीब १७ लाख ९० हजार मुल्य बराबरको भन्सार छलीका सर्जिकल सामानहरुसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लहान नगरपालिका ४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली स्कुटरमा ल्याइदै गरेको २ बोरा सर्जिकल सामान र प्र.२–०१–००२ प.८६०२नम्बरको स्कुटी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा ईप्रका लहान सिरहाबाट खटिएको टोलीले दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्र.२–०१–००२ प.८६०२ नं. को स्कुटरलाई रोकी स्कुटर चेकजाँच गर्दा स्कुटरमा लोड गरि ल्याएको २ बोरामा द्यष्उयबिल ज्ष्उ उचयकतजभकष्क लेखिएको २० प्याकेट प्रति प्याकेट अन्दाजी मुल्य रु.२०,०००।– (विस हजार)को दरले अन्दाजी मुल्य रु चार लाख, भ्हउभलत त्ष्दष्न व्लकचगmयलत कभत लेखिएको १ सेट अन्दाजी मुल्य चार लाख, क्गउचब क्ष्लहतजगmभलतक लेखिएको १ सेट अन्दाजी मुल्य चार लाख, विभिन्न साईजको सानो ठुलो स्टिल प्लेट १९५ पिस अन्दाजी मुल्य तीन लाख पचास हजार, स्टिलको गोलो रड २ पोकामा २५ पिस अन्दाजी मुल्य रु एक लाख, सानो मझौला र मसिनो स्टिलको रड ३ पोका अन्दाजी मुल्य रु नब्बे हजार र लोड गरेको प्र.२–०१–००२ प.८६०२ नं.को स्कुटरको अन्दाजी मुल्य रु पचास हजार गरीजम्मा मुल्य सत्र लाख नब्बे हजार मुल्य बराबरको मेडिकल सर्जिकल सम्बन्धी (मानिसको अप्रेशन÷ शल्यक्रिया गर्दा प्रयोग गरिने)स्टिल तथा पार्टपुर्जा सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सामानहरु स्कुटरमा ल्याउदै गरेका सिरहा लहान नगरपालिका वडा नं.१९ बस्ने वर्ष १९ को निरस सदाय , सोही ठाउँ बस्ने वर्ष १९ को राजेश कुमार सदाय र सोही ठाउँ वडा नं.२४ बस्ने वर्ष १९ को अशोक सदाय लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद सामानहरु, स्कुटर र मानिसहरुसहित आवश्यक कार्वाहीको लागि ठाडी भन्सार कार्यालय ठाडी सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको