करोडौं लगानीको सरकारी भवन अलपत्र, लाखौं तिर्छ पालिकाले घरभाडा


आशिष विश्वकर्मा
सिरहा, १२ साउन ।
सिरहाको बिष्णुपुर गाउँपालिका १ गौरिपुर लक्ष्मीनियाँधार किनारमा करोडौं लगानीको सरकारी भवन प्रयोग विहिन छ । गाउँपालिकाले भने कार्यालय सञ्चालन तथा अध्यक्ष र प्रशासकिय अधिकृतको आवास प्रयोजनको नाममा वर्षेनी लाखौं रकम खर्च गर्दै आईरहेको छ । संघीय सरकारको तीन करोड रुपैयाँमा लगानीमा निर्मीत ‘विष्णु भवन’ निर्माण भएको हो । पूर्व जनप्रतिनिधीले वृद्धाआश्रम सञ्चालन गर्ने उदेश्य रानि निर्माण गरेकोे भएपनि यसको सहि उपयोग हुन सकेको छन् ।
पहिलो पटक ‘बिष्णु सदन’ भवन निर्माणको नाममा करिब २ करोड ५० लाख रुपैयाँको बजेट ल्याएर निर्माण सुरु गरिएको थियो । ठेक्कासम्झौता भने २ करोड रुपैयाँमा गरि निर्माण सम्पन्न भएको हो । पछि भान्सा घर निर्माणको लागि दुई पटक ५०–५० लाखका दरले थप एक करोड लगानी भएको पूर्व वडा अध्यक्ष गोविन्द्र यादवले जानकारी दिए ।
हाल दुईतले भवनको २४ वटा हल तथा कोठा, छुट्टै भान्साघर र अन्य आवश्यक पूर्वाधार छन् । यति ठूलो पूर्वाधार सञ्चालनमा नआउँदा विस्तारै तोडफोड हुन थालेको छ । भवनका झ्यालका शिसा, ढोका, ताल्चा, शौचालयहरुमा क्षति पुगेको छ । स्थानीय ७५ वर्षिय नागरेश्वर यादवले भवन निर्माण भएको वर्षैं वितिसक्दा पनि प्रयोगमा नआएको प्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘सरकारको यति ठूलो रकम यहाँ खर्च भएको छ । तत्काल वृद्धाश्रम सञ्चालन गर्न नसकिएपनि गाउँपालिकाको कार्यालय सञ्चालन गर्दा हुने हो । यता यति ठूलो भवन अलपत्र अवस्थामा छ। उता कार्यालय सञ्चालन र आवाष भवनको नाममा लाखौं रकम घर भाडा तिरीरहेका छन् ।’
यादवले थपे, ‘भवनमा कार्यालय सञ्चालन गर्दा भवनको सुरक्षा पनि हुने थियो र सरकारी रकम बचत पनि हुने। तर, जनप्रतिनिधीको दृष्टिकोण सहि नहुँदा भवन अलपत्र वनेको छ ।’ पालिकाका लेखा सहायक गंगाप्रसाद यादवले मासिक एक लाख रुपैयाँ घरभाडा तिर्ने गरेको जानकारी दिए । एउटै भवन नभएकाले चारवटा भवनमा कार्यालय सञ्चालन भईरहेको छ र तीनको भाडा वर्षिक रुपमा १२ लाखभन्दाबढी बुझाउने गरेको यादवले जानकारी दिए ।
यसरी सामाजिक सेवाको नाममा भव्य संरचना बने पनि नीति, पहल र इच्छाशक्तिको अभावमा सेवा दिन असफल भएको छ । स्थानीय तहले सरकारी लगानीमा बनाइएको संरचना उपयोग गर्न नसक्नुले जनप्रतिनिधिको गैरजिम्मेवारी झल्काएको भन्दै आलोचना भइरहेको छ ।
यसै वडाका पूर्व अध्यक्ष गोविन्द्र यादवले पनि आफूले गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधीलाई भवनको सदुपयोग गर्न अनुरोध गरेको बताए । उनले भने, ‘मैले जे उद्देश्यका साथ भवन निर्माण भएको हो, त्यहि गर्नु पर्छ भन्ने छैन । अहिले भवनको सुरक्षाको लागि नै भएपनि यहाँ गाउँपालिकाको कार्यालय सञ्चालन गर्दा राम्रो हुन्छ ।’
पालिका अहिले पनि भाडाको भवनमा रहेकाले त्यो भडाको रकम समेत बचत हुने यादवले तर्क गरे । त्यसैगरी मनोज कुमार महरा, कोशिला देवी महराले पनि भवन निर्माण भएको चार–पाँच वर्ष भइसक्दा पनि सञ्चालन नहुनु जनप्रतिनिधीको कमजोरी रहेको बताए । उनीहरले यति ठूलो लागतमा निर्माण भएको भवनको चारैतिर खर र घाँसहरु उमे्रका छन् । विस्तारै भवनमै क्षेति पुग्न थालेकोले यसको संरक्षण हुनु पर्नेमा जोड दिए । बिष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादबभने पूर्व जनप्रतिनिधीले के उद्देश्य भवन निर्माया गरेको हो, मलाई जनकारी भएन । आफूले त्यो वनमा प्राविधिक शिक्षा चलाउने विषयमा पहल गरिरहेको बताए । उनले भवन निर्माण वृद्धाश्रम सञ्चालन गर्न भनि वनेको भन्ने सुनेपनि त्यस विषयमा विशेष जानकारी नरहेको बताए ।
आफनो तर्फबाट भने प्राविधिक शिक्षालय चलाउन सीटीईभीटीको प्रदेश कार्यालयमा पहल गरिरहेको बताए । उनले भने, ‘त्यति ठूलो संरचनाको उपयोग गर्नु पर्छ मैली प्राविधिक शिक्षा चलाउन पहल गरिरहेको छ । दुई पटक अनुगमनसमेत भईसकेको छ ।’ प्राविधिक शिक्षालय चलाउने भनेपनि खाशमा गाउँपलिका अध्यक्ष यो भवन प्रयोगमा ल्याउने मनसायमै नरहेको जनप्रतिनिधीहरु नै बताउँछन् । ‘उहाँले प्राविधिक शिक्षा चलाउने भन्नुहुन्छ, तर त्यस विषमा कुनै कामै भईरहेको छैन । कुनै प्रकृया नै चलाएको छैन । यो सव अध्यक्षको अलमल्याउने कुरामात्र हो ।’ नाम उल्लेख नगर्ने शर्तमा एक जनप्रतिनीधिले भने ।
यति ठूलो रकम भाडा तिरेर कार्यालय चलाई रहनु भएको छ, त्यहि कार्यालय चलाउँदा हुन्थ्यो होला नी? भनि प्रश्न गर्दा अध्यक्ष यादवले त्यो भवन अपाएक र असुरक्षित रहेकाले त्यहाँ कार्यालय चलाउन नसकिने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया

ताजा खबर

धेरै पढिएको